​विद्यार्थी भर्ना अभियानमा गगनको साथ, रशिका श्रेष्ठका १२ कक्षासम्मको जिम्मेवारी लिने

दृष्टि न्यूज

काठमाडौ ,३ वैशाख ।
नेपाली कांग्रेसका युवा नेता एवम काठमाडौ क्षेत्र नं. ४ का संसद गगन कुमार थापाले  सरकारले  शुरू गरेको विद्यार्थी भर्ना अभियानमा सहभागी हुँदै  बुढानिलकण्ठ नगरपालिका, चुनिखेलको जनउद्दार विद्यालयमा कक्षा १ मा रशिका श्रेष्ठलाई भर्ना गरिसिदएका छन । 

संसद थापाले श्रेष्ठको  कक्षा १२ सम्मको उनको अध्ययन, पाठ्यपुस्तक, पोशाक लगायतको सम्पुर्ण जिम्मेवारी समेत लिएका छन ।  भर्ना अभियान रशिका श्रेष्ठलाई विद्यालय पु¥याउदै थापाले पढ्न नपाएका थुप्रै भाइवहिनीहरू हाम्रो वरिपरि नै छन् । हाम्रो सानो सहयोगले तिनले पढ्न पाउनेछन। यही बिद्यालयमा पनि यस्तो आवस्यकता रहेको भन्दै सरकारको अभियानमा सामेल हुन आफ्नो निर्वाचन क्षेत्रका सबैलाई अनुरोध गरेका छन ।

सरकारले  विपन्नताका कारण विद्यालयमा जान नपाएका बालबालिकालाई दुई जोर पोसाक उपलब्ध गराउनुका साथै विद्यालयमा भर्ना गरिदिन अपिल गर्दै शनिबारबाट विद्यार्थी भर्ना अभियान शुरुको हो ।  विद्यालयमा लगेर भर्ना गराइएका बालबालिकालाई दुई जोर पोसाक, एक जोर जुत्ता, शैक्षिक सामग्री लगायत करिब छ हजार रुपियाँ खर्चको जिम्मा लिनु पर्ने छ ।

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मुगुमा जनजाति समुदायका एक विद्यार्थीलाई विद्यालयमा भर्ना गराई अभियानको शुभारभ गरेका हुन  ।

Related News