​गायक बद्री पंगेनी डा.राजन भट्टराई जिताऊ अभियानमा

काठमाडौं, २३ कार्तिक । गायक बद्री पंगेनीले गगनकुमार थापा जस्ता गफाडी र भाषणबाजलाई मात्र नहेर्न काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई आग्रह गरेका छन् । बिहीबार चावहिलमा आयोजित वाम गठन्धनका उम्मेदवारहरुको प्रचार कार्यक्रममा कलाकार पंगेनीले ४ नम्बरका मतदातालाई यस्तो आग्रह गरेका हुन् । 
काठमाडौँ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका उम्मेदवार डा. राजन भट्टराई तथा प्रदेश सभाका कुसुमकुमार कार्की र निर्मल कुइँकेललाई विजयी गराउन एमालेद्वारा चावहिलको ए–वान पार्टी प्यालेसमा आयोजित श्रमिक भेलाका प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली हुनुहुन्थ्यो ।
लोकगायक पंगेनीले जनतासमक्ष उम्मेदवारहरुको योग्यता, विकासको सोच र सामाजिक व्यवहार आदि हेरेर भोट दिन अनुरोध गरेका छन् । नेपाली काँग्रेसका उम्मेदवार गगन थापालाई भाषण मात्र गर्ने गफाडी भन्दै परिवर्तन र विकासका लागि डा.राजन भट्टराईलाई जिताउन युवाहरुलाई उनले अनुरोध गरेका थिए ।

Related News