​दरबारमार्गको होटलबाट दुई महिलासहित २७ जना पक्राउ

काठमाडौं, ३० पुस। 
दरबारमार्गको एक होटलमा छापा हानी प्रहरीले महिलासहित २७ जनालाई पक्राउ गरेको छ। 
जुवा खेलाएको आरोपमा दरबारमार्गको ल्याण्डमार्क होटलमा छापा हानी २ महिलासहितका जुवाडेलाई पक्राउ गरेको हो।  

  कौडा खेलिरहेका जुवाडेहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीले बताए।  
 पक्राउ परेकाहरुबाट ३ लाख ८९ हजार रुपैयाँ र एक सय अमेकिरन डलर समेत प्रहरीले बरामद गरेको छ। 
पक्राउ पर्नेहरुमा उर्मिला थापा,सुरेन्द्र सिंह, उर्मिला थापा, हरि शरण महतो, राजु तामाङ, कुमार अधिकारी, सानु माली, निमेष अर्याल लगायत छन्। उनीहरुलाई जुवा मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ।  

Related News