​मध्यपहाडी क्षेत्रमा पहुँच बिस्तार गर्ने योजनामा छौं-गंगा तिमसिना, महाप्रबन्धक, दुग्ध विकास संस्थान

दूधको मूल्यबृद्धि गर्न किन आवश्यक प¥यो ? 
हामीले दूधको खरिद–बिक्री मूल्य तीन वर्षअघि बृद्धि गरेका थियौं । कृषकहरुले पशुपालन व्यवसाय सारै अप्ठेरो भएकोले लागतमा भएको बृद्धि अनुसार दुधको मूल्यबृद्धि गर्नुप¥यो भनेर पशुपंक्षी मन्त्रालयमा निवेदन दिनुभएको रहेछ । केन्द्रीय किसान संघसहितका किसानहरुको आवाज मन्त्रालयमा पुगेपछि मन्त्रालयले एउटा कार्यदल गठन गरेर सोही कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा हामीलाई निश्चित थ्रेसहोल्ड राखेर मूल्यबृद्धि गर्न सिफारिस भई आए अनुसार मूल्यबृद्धि गरिएको हो । कार्यदलले किसानको प्रतिलिटर लागत ५० रुपैयाँ पुगेको प्रतिवेदनमा औल्याएको छ । हामीले पाउडर हालेर दुध बिक्री गरेर सम्भव हुँदैन । हामीले किसानबाट आएको गाईभैसीकै दुध किनेर बिक्री वितरण गर्ने हुँदा किसानलाई केही राहत दिने उद्देश्यले मूल्यबृद्धि गरिएको हो । मूल्यबृद्धि गरिएको दुधको ६९ प्रतिशत अर्थात चार रुपैयाँ १४ पैसा किसानकै हातमा पर्दछ । बाँकी ३१ प्रतिशत डिडिसीलाई आउने हो । डिडिसीले यो रकम पुरै पाउने पनि होइन, त्यसबाट बुथम्यानलाई पनि कमिशन बृद्धि गरिएको छ । 
मूल्यबृद्धिले आम उपभोक्तालाई अप्ठेरो प¥यो नि ?
मूल्यबृद्धिले आम उपभोक्तालाई केही महंगो परेपनि किसानलाई दुध उत्पादनको लागि थप हौसला पुगेको हाम्रो विश्वास छ । संस्थानले व्यापारिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्थाका कारण बुथम्यानदेखि सबैतिर व्यवस्थापन गर्नुपर्दछ । संस्थानले अत्यन्तै न्यून मार्जिन राखेर काम गरिरहेको छ । हामीले यो मूल्यबृद्धिलाई आम उपभोक्ताले किसानलाई राहत दिनको लागि हो भन्ने अर्थमा बुझिदिनुभयो भने न्याय र यथार्थपरक हुन्छ ।
डिडिसीले अहिले देशको कति क्षेत्रमा आफ्नो पहुँच विस्तार गरेको छ ?
हामीले सबैतिरको एरिया कभरेज गरेका छैनौं । हामीले ४४ वटा जिल्लामा काम गरिरहेका छौं । हिमाली जिल्लामा याकको चीज उत्पादन गर्छौ । तराई र मध्ये पहाड क्षेत्रमा दुध संकलन गर्दै आएका छौं । दुध संकलनमा हाम्रो पहुँच पुग्न नसक्नुमा धेरै कारणहरु छ । जहाँ बाटो छ, बिजुली छ, त्यहाँ सम्भावना हुन्छ । सडक नपुगको क्षेत्रमा हाम्रो पहुँच चाहेर पनि सम्भव छैन । तराईको लोकमार्गहरु विकास हुँदै गएका कारण दुध कभरेज राम्रो भइरहेकोछ । मध्यपहाडी लोकमार्गको क्षेत्रमा हामीले कभरेज गर्न बाँकी छ । मध्यपहाडी लोकमार्गमा धेरै स्थानमा सडकको पहुँच पुगेकोले दुधको कारोबार  गर्नुप¥यो भन्ने दवाव पनि छ, सोही अनुसार हामीले योजना समेत बनाएका छौं । यसै आर्थिक वर्षबाट मध्यपहाडी लोकमार्गमा दुध संकलन गर्ने अभियान लैजादैै छौं । हामीले दुध संकलन गर्न भनेर त्यतिकै गाडी मात्रै पठाएर हुँदैन । त्यसको लागि स्थानीय संरचनादेखि केन्द्रसँग जोड्ने च्यानल फिट गर्नुपर्ने हुन्छ । हामीले त्यहाँ संरचना विकास गर्न निकै ठूलो लगानी गर्नुपर्ने हुन्छ । दुध कारोबारको लागि न्यूनतम भौतिक पूर्वाधारको आवश्यकता पर्दछ, त्यसैले नयाँ क्षेत्रमा पहुँच बिस्तार गर्ने सम्बन्धमा हामीले अध्ययन गरिरहेका छौं । 
‘मिल्क होलिडे’ पनि भइरहेको छ, किसानको दुध खेर जान नदिन संस्थानले के कस्ता याजनाहरु अघि सार्दैछ ?
किसानले दुःख गरेर आर्जन गरेको दुधलाई खेर जान नदिन हामी सक्रिय रुपमा लागि परेका छौं । विराटनगरमा पाउडर उत्पादनको क्षमता विस्तार अघि बढाइरहेका छौं । त्यसपछि हामी दुध संकलन अभियान अघि बढाउँछौं । हामीले माग अनुसारको सामान बजारमा दिने हो । हाम्रो बजार हिस्सा ४० प्रतिशत मात्रै छ । त्यो कभरेजलाई बृद्धि गर्न बजार बिस्तारमा जानेछौं । विराटनगरको पाउडर प्लान्ट राष्ट्रकै लागि गौरवको आयोजना हो । किसानलाई व्यवसायमा नियमितताको लागि क्षमता बृद्धि गर्न यो योजना अघि बढाएको हो । यो योजना सफल भएपछि ५÷७ वर्ष मिल्क होलिडे हुँदैन भनेर हामीले विश्वास लिएका छौं । 
सरकारले ठूला फर्म सञ्चालन गर्नुपर्दछ भन्ने कुराहरु पनि बहसमा आएका थिए । के सुझाव दिन चाहनुहुन्छ तपाई सरकारलाई ?
सरकारले ठूलो कृषि फार्म सञ्चालन गर्न धेरै सम्भावना म देख्दिन । कुनै पनि फार्मले हाम्रो उद्योगलाई चाहिने दुधको माग पूरा गर्न सक्दैन । ग्रामिण क्षेत्रमा, सम्भावना भएको क्षेत्रमा पशुपालनले राम्रो फड्को मारेको छ । पशुपालन कतिपय ठाउँमा व्यवसायको रुपमा अगाडि आएको छ । तर, त्यसलाई मर्यादित बनाउन जरुरी छ । सरकारले फार्म चलाउने सम्भावना छैन । त्यसबाट माग पूरा हुन सक्दैन । सरकारले व्यापारिक फार्ममा हात हाल्नु उचित हुँदैन भन्ने मेरो सुझाव छ । बरु कृषकलाई थप सेवा सुविधा दिएर प्रोत्साहित गर्नुपर्छ ।
नेपालका नीति तथा योजनाहरु कृषि, पशुपंक्षी मैत्री छन् या छैनन् ?
नेपाल सरकारले त्यस सम्बन्धी कार्यक्रम नै बनाएर लागू गर्न खोजेको देखिन्छ । आफूलाई चाहिने परिमाण आफ्नै देशभित्र उत्पादन गर्ने योजना मन्त्रालयमा बनेको छ । तीन वर्षमा दुधमा आत्मनिर्भर हुने भन्ने कार्यक्रम तयार भएको छ । हामीले नेपाल सरकारबाट दायित्व लिएका हौं । तर, अब हामीले सरकारी लगानी स्वतन्त्रपूर्वक दुग्ध काराबोर गर्दै आएका छौं । स्वतन्त्र भन्नाले सरकारी पुँजि नै हो, परिचालन र सञ्चालन भने स्वतन्त्र रुपमा हुँदै आएको छ । नाफा घाटाको उत्तराधिकारी स्वयम् हुने गरी हामीले काम गर्दै आएका छौं । यो पनि एउटा सरकारी योजना नै हो । यसले दुग्ध व्यवसायमा कार्टेलिङ हुन दिँदैन भने गुणस्तरीय दुध पिएर आम सर्वसधारणको स्वास्थ्य समेत राम्रो भएको छ । 
संस्थानले व्यवसायसँगै कति मानिसलाई रोजगारी दिएको छ ?
प्रत्यक्षमा करिब एक हजार एक सयलाई प्रत्येक्ष रोजगारी दिएका छौं । अप्रत्यक्ष दुई लाख परिवारले लाभ लिनु भएको छ । पशुपालनबाट उहाँहरुले लाभ लिइरहनु भएको छ । हामीले एक हजार चार सय सहकारी संस्थाबाट दुध खरिद गरेका छौं । हामीले शहरबाट पैसा गाउँमा पठाउने काम गरिरहेका छौं । यसले देशको अर्थतन्त्रलाई चलायमान बनाउन भूमिका खेलेको छ भन्ने हामीले विश्वास लिएका छौं । यसले इकोनोमीलाई बुष्टअफ गर्ने काम भएको छ । हामीले विभिन्न अबरोध हुँदा पनि उपभोक्तार्लाइ दुध उपलब्ध गराउन सफल भएका छौं । नाकाबन्दी, भूकम्पको समयमा समेत हामीले दुधको कारोबार ग¥यौं । जस्तोसुकै अबरोधका बीचमा अर्थतन्त्र चलायमान बनाउन सफल भयौं । त्यो जिम्मेवारी अन्य उद्योगभन्दा हामीले बढि काम ग¥यौं भन्ने लागेकोछ । 
आम उपभोक्ताले दुध र दुग्ध पदार्थको रुपमा डिडिसी नै किन उपभोग गर्ने त ?
डिडिसी भनेको सरकारको एउटा संस्थान हो । हामीले ३६५ दिन नै जनतालाई दुध खान दिन्छौं । अन्य संस्थाभन्दा हाम्रो बिशेषता भनेको गुणस्तर नै हो । किसानले पनि हामीलाई विश्वास गरेर दुध दिनु भएको छ । किसानको माया उपभोक्ताको विश्वासले हामी यहाँ आईपुगेका छौं । त्यसैले त आज डिडिसी विश्वासयोग्य ब्राण्ड बन्न सफल भएको छ । हाम्रो प्रयास सानै भएपनि यसले ग्रामिण अर्थतन्त्रलाई सफल पार्न भूमिका खेलेको छ भने शहरी क्षेत्रका जनतालाई गुणस्तरीय दुध र दुग्धजन्य पदार्थ उपलब्ध गराएर जनताको शारिरीक स्वास्थ्यलाई स्फूर्ति दिन सफल भएका छ । 
बजारमा तपाईहरुको हिस्सा कस्तो छ ?
दुध तथा दुग्धजन्य पदार्थको कूल बजारको ४० प्रतिशत बजारमा हाम्रो पडकमा रहेको छ । अर्थात डिडिसी एक्लैले पास्च्युराईज्ड दुधको कारोबारको ४० प्रतिशत  हिस्सा ओगट्दछ । नेपालको कूल दुध उत्पादनको १५ प्रतिशत मात्रै फर्मा सेक्टरमा छ । बाँकी ८५ प्रतिशत दुध जनता आफैले उपभोग गर्ने र सिधैं बजारमा जाने अनकाउन्टेवल रहेको अनुमान गरिएको छ । अब हामी आफ्नो उपस्थितिलाई अझै बलियो बनाएर प्रतिस्पर्धी बजारमा उपस्थित हुने सोचका साथ अघि बढेका छौं ।
लामो समय दुग्य उत्पादन तथा वितरणको क्षेत्रमा काम गर्नुभयो, आज डिडिसी महाप्रबन्धक पदमा हुनुहुन्छ कस्तो अनुभूति भइरहेको छ ?
मैले २०३९ सालमा सातौं तहमा प्राविधिकको रुपमा नियुक्ती भएर अहिलेसम्म दुग्ध विकास संस्थानमै कार्यरत छु । मैले विशेष गरेर सहकारी संस्थाको विकास गरेर दुधलाई सहकारी च्यानलमार्फत कारोबार गराउन आफ्नो समय खर्च गरे । मैले अधिकांश समय त्यसैमा बिताएको छु । त्यसबाट संगठितरुपमा दुध संकलन गर्न सजिलो भएको छ । अहिले निजि क्षेत्रले त्यही च्यानल प्रयोग गरेर दुधको कारोबार गरिरहेका छन् । त्यो दुध संकलनको लागि एउटा अचुक अस्त्र साबित भयो, यसमा धेरै नै खुशी लाग्छ । 
कुनै समय लागेन आफै व्यवसाय गरौं, जागिर छोडौं भनेर ?
मैले डिडिसी छोडेर निजि व्यवसाय गरौं भनेर कहिल्यै पनि सोचिन । बरु यसैलाई कसरी नयाँपन दिन सकिन्छ, कसरी व्यवसायिक बनाएर अगाडि लैजाने भनेर निरन्तर सक्रिय रहे । त्यसैले म यहाँ आएदेखि नै अहिले दुग्ध विकास संस्थान नाफामा छ । म आउँदा दुग्ध विकास संस्थानमा करिब ५२ करोड रुपैयाँ घाटा थियो । अहिले त्यो घाटा घटेर ३४ करोडमा झरेको छ । कूलमा घाटा देखिए पनि पछिल्लो तीन वर्षमा हामीले आशा जगाउने नाफा आर्जन गर्न सफल भएका छौं । तीन वर्षमा १८ करोड रुपैयाँ नाफा कमाउन सक्नु पनि सफलता नै ठान्छु । लामो समयदेखि घाटामा रहेको कम्पनीलाई नाफामा पु¥याएर देशको लागि केही गर्न सकेको छ, निजि व्यवसाय भन्दा दुग्ध विकास संस्थान नै मेरो लागि कर्मथलो हो भनेर सोचिरहेको छु ।

Related News