​मेरो ऊर्जा नै संगीत हो– मिलन अमात्य, गायिका

 गायिका मिलन अमात्य लामो समय आफ्ना गीतहरुकै कारण चर्चामा आइन् । यो वर्ष भने श्रीमानसँगको सम्बन्ध बिच्छेदका कारण उनी मिडियामा छाइन् । पाँच वर्ष लामो वैवाहित जीवनलाई टुंग्याएर नयाँ जीवन सुरु गरेकी उनै मिलनसँग रेजिना पाण्डेको जम्काभेट :
कतिको व्यस्त हुनुहुन्छ ?
व्यस्त नै छु । गीतहरु गाउनमा नै व्यस्त छु । थुप्रै अफरहरु आइरहेका छन् । नेपालमा मात्र होइन देश विदेशमा पनि कार्यक्रमहरुमा गइरहेको छु । सांगीतिक यात्रा निरन्तर नै छ । 
यो यात्रालाई कहिलेसम्म निरन्तर दिने सोच बनाउनु भएको छ ?
जीवनको अन्तिम समयसम्म । जुन समय मैले निर्धारण गर्न सक्दिनँ ।
संगीतले तपाईको जीवनमा कस्तो महत्व राख्छ ?
मेरो ऊर्जा शक्ति नै संगीत हो । यो बिना त मेरो कुनै महत्व नै छैन ।
नेपालमा मात्र होइन विदेशमा सम्म कार्यक्रमहरुमा सहभागी हुनुभयो कत्तिको ‘फ्यान’ भेट्टाउनुभयो ?
आजसम्म  हङकङ, ब्रुनाई, कत्तार, साउदी, मलेशियामा कार्यक्रम गरिसकेको छु । त्यहाँ मलाई माया गर्ने  थुप्रै स्रोताहरु भेट्टाए उहाँहरुको माया हौसलाले नै म आज यो स्टेजसम्म आएको छु । 
कतिको गर्व गर्नुहुन्छ देशविदेशमा कार्यक्रमहरु गर्ने अवसर पाउँदा ?                                                                                                                                                                                                                                          
गर्ब लाग्छ, त्यहाँ भएका नेपालीहरुले हामीलाई मन पराइदिनुहुन्छ । नेपाली गीत संगीतलाई माया गरिदिनुहुन्छ, सुनिदिनुहून्छ  सम्मान दिनुहुन्छ, त्यो नै हाम्रो सफलतला हो । 
पैसा त कमाउनु भएको होला नि ? 
पैसा जति भए पनि पुग्दैन मान्छेलाई । तर, म सन्तुष्ट छु, अझ राम्रो काम गर्ने र आफूलाई निखार्ने प्रयास गर्दैछु । 
गायन क्षेत्रमा थोरैले मात्र सफलता पाउँछन् तपाईंको सफलताको रहस्य के हो ?
भगवानको कृपा, लगनशीलता, धैर्य र मेहनत सबैको सहयोग, जस्को कारण मलाई सफलता मिलेको छ ।
गीत छान्दा के हेर्नुहुन्छ ?
शब्द र संगीत जुन गाउँदा मेरो मन रमाओस् ।
कुन–कुन भाषामा गीत गाउनु भएको छ ? 
भोजपुरी राजस्थानी, नेपाली जसमा भजन, लोक, आधुनिक चलचित्रका गीत सबै गाएको छु । 
स्रोताहरुले मिलन अमात्यको स्वर किन मनपराउँछन् ? 
मेरो स्वरमा मिठास भएर हो कि । 
तपाईंको लागि संगीत के हो ? 
मलाई बचाउने आधार, जसले मलाई खुशी दिएको छ । 
यो क्षेत्रमा तपाईंको प्रतिस्पर्धी कोही देख्नुभएको छ ?
छैन म मेरो शैली र ढाचँमा गाउछु । अरुको आफ्नै विषेशता हुन्छ । तर म राम्रो गाउने प्रयासचाहिँ सधैँ नै गछुै ।
अवार्डहरु त थुपै्र पाइराख्नु भएको होला नि ? 
देश–विदेशबाट पाएको छु खुशी लाग्छ ।
सांगीतिक जीवन सफल भइरहेको बेला वैवाहिक जीवन असफल भयो नि ?
हो । तर यसबारे म केही बोल्न चाहन्नँ । धैरै नै बोले कुरा र कुलो जता लग्यो उतै जान्छ । तालमेल नमिलेपछि छुट्टिएर नै बस्नु राम्रो ।
यस क्षेत्रमा लाग्नेहरुको जीवन धैरैको तहसनहस भएको देखिन्छ नि किन होला ? 
अरुको मलाई थाहा छैन । मलाई मेरो यो निर्णय ठीक लागेर नै गरेको हँु । सबैको आफ्नो आफ्नो जीवन छ । जसलाई जसरी ठिक लाग्छ त्यसरी नै सोच्दछ । 

Related News