​ग्लोवल आइएमई बैंकको, शाखारहित बैकिङ सेवा बिस्तार

रोल्पा, २९ माघ । ग्लोवल आइएमई बैंक लिमिटेड जिल्ला शाखा रोल्पाद्धारा ‘‘शाखा रहित बैकिङ सेवा’ माडी गाउँपालिका घर्तीगाउँमा बिस्तार भएको छ । माडी गाउँपालिका प्रमुख नन्दबहादुर पुनमगरले सेवाको उद्घाटन गर्दै, शाखा रहित बैङिकङ सेवाले मात्र पश्चिम रोल्पाबासीलाई अपुग हुने भएकाले ग्लोवल बैंकको शाखा नै बिस्तार गर्नुपर्ने बताए ।
उद्घाटन कार्यक्रममा ग्लोवल आइएमई बैंक लिमिटेड प्रधान कार्यलयका प्रबिण बिक्रम शाहीले ‘‘शाखा रहित बैङिकङ सेवाल,े जनताको घरदैलोमै सेवा प्राप्त गर्न सक्ने जनाए । गाउँ घरका जनताहरुलाई बैंकमा पैसा राख्दा सुरक्षित हुने जानकारी दिर्दै, सदरमुकाम लिवाङको तुलनामा २ प्रतिशत बढि व्याजमा रकम संकलन गर्न पाउने भएकाले पनि बचत गर्ने बानीको बिकास गर्न आग्रह गरे ।
ग्लोवल आइएमई बैंक लिमिटेड माडी गाउँपालिका रोल्पाका आधिकारिक प्रतिनिधि कमल घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा बिभिन्न कार्यालय तथा संघ संस्थाका प्रतिनिधिहरु बोलेका थिए । जिल्ला शाखा रोल्पाका प्रबन्धक प्रबिण आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सन्चालन बैंक शाखा रोल्पाका बिनोद डाँगीले गरेका थिए ।

Related News