नेपाल–थाईल्याण्ड सांस्कृतिक कार्यक्रम सम्पन्न

दृष्टि न्यूज

काठमाडौं । 
अन्तरदेशिय कला संस्कृति आदान प्रदान तथा कलाको संरक्षण गर्ने उदेश्यले  नेपाल–थाईल्याण्ड सांस्कृतिक आदान प्रदान कार्यक्रम आयोजना गरिएको घोष्ट राईटिङले जनाएको छ ।  
थापागाउँमा अवस्थित लेखनकुन्जको कुन्ज थियटरमा आयोजित सो कार्यक्रममा थाईल्याण्ड र नेपालका कालाकारहरुले प्रस्तुति दिएका थिए  भने थाईल्याण्डका कलाकार समुहले बनाएको डकुमेन्ट्रि समेत देखाईएको थियो । 
डिएर हिमालय फ्रम चाङमाई तथा घोष्ट राईटिङ नेपालको सहयोगमा संचालित कार्यक्रममा थाईल्याण्डका तर्फबाट छ जनाको टोलि नेपाल आएको थियो । जसमा ओङ्ग कार्यक्रमका संयोजक थिए भने ओ फिल्म मेकर, चु चु गाएक, नोई सेफ, मि लगायत कलाकार रहेका थिए । भारतका तर्फ बाट तबला बाधक सुवान खान र नेपालका चर्चित शास्त्रिय संगित गाएक मनमोहन थपलियाले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रमको संयोजक कवि सुवास पराजुली गरेका थिए । 

कला, साहित्य, संस्कृति संरक्षण र अन्तरदेशिय सम्बन्ध विस्तारका लागि यो किसिमको कार्यक्रम निरन्तर गर्ने घोष्ट राईटिङ नेपालका अध्यक्ष कमल ढकालले बताए । यो बर्ष नेपालमा भएको यो कार्यक्रम अर्काे बर्ष थाईल्यान्डमा हुने पनि उनले बताए । प्रत्येक बर्ष पालै पालो नेपाली र थाई कलाकार बिचको सांस्कृतिक आदान प्रदान सुरु भएको उनले बताए ।
कार्यक्रममा पेन्टर, गायक, फिल्म मेकर लगायतका क्षेत्रका थाई कलाकारको उपस्थिति रहेको थियो । थाई कुकले थाई फुड समेत चखाउँदै कार्यक्रममा थाईल्याण्ड नेपालको कला संस्कृति एक अर्कामा चिनाउने अभियानमा नेपालले दिएको साथ नबिर्सने भएको थाई कलाकारका संयोजक ओंगले बताए भने नेपाली संयोजक पराजुलीले नयाँ अभियानमा नयाँ उचाईमा पुराउन यो कार्यक्रम एक कोशे ढुंगा भएको बताए ।

Related News