​घुस लिने बैदेशिक रोजगार विभागका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं, ३ मंसिर । वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय ताहाचल काठमाडौंमा कार्यरत कम्प्युटर अपरेटर भाग्यनारायण झाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
 झाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिने सेवाग्राहीहरुलाई लामो अवधिसम्म लाइनमा बस्दा समेत श्रम स्वीकृति नदिई लाइनमा नबस्ने सेवाग्राहीहरूलाई काम छिटो गर्ने नाममा कार्यालय परिसर लगायत सो वरिपरि रहेका बीचौलिया तथा फुटपाथ पसले लगायतका व्यक्तिहरूसँग मिलेमतो गरी घुस लिई भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।  झाले घुस लिएको भिडियो टेलिभिजनमा प्रशारण भएपछि आयोगमा प्राप्त हुन आएको उजुरी एवम् निवेदनका आधारमा अनुसन्धान हुँदा उनले घुस बापत विभिन्न व्यक्तिहरूबाट जम्मा २८ हजार पाँच सय रुपैयाँ लिएको देखिन आएकोले उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको हुँदा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) एवम् सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरिएको छ ।

Related News