राजस्वका घुस्याहा कर्मचारीविरुद्ध मुद्दा

दृष्टि न्यूज

काठमाडौं, २० कात्तिक । आन्तरिक राजसव कार्यालय, कम्प्युटर शाखा, जनकपुरमा कार्यरत रामकिशोर महतोविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
पसल बन्द गर्नका लागि सेवाग्राहीसँग ५० हजार रकम माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले करारमा नियुक्त माली राजकिशोर भन्ने रामकिशोर महतोले सेवाग्राहीबाट ५० हजार लिई रु.१८ हजार रुपैयाँ राजस्वमा दाखिला गरी बाँकी ३२ हजार रुपैयाँ घुसबापत लिएको पुष्टी हुन आएको थियो । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि हुन आएको हुँदा उनलाई बिगो रु. ३२ हजार  कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ख) बमोजिम जरिवाना र कैद सजाय हुन मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

Related News