गर्लफ्रेन्डको झमेलाले व्यापारीहरु हिरासतमा

काठमाडौं, १८ मंसिर । प्रेमिकाको झमेलामा राजधानीका दुई व्यापारी हालै प्रहरी हिरासतमा पुगेका छन् । आफ्नै पूर्वप्रेमिकासँगको सम्बन्धमा उतारचढाव आएपछि बलात्कार जस्तो गम्भीर मुद्दामा व्यापारीहरु फसेका छन् । 
सुरज आर्केडका व्यापारी अनिल अग्रवाल गत साता पक्राउ परेका छन् । उमेरले ५० काटिसकेका धनाढ्य व्यापारी उनी युवतीको मामिलामा कमजोर थिए । श्रीमती हुँदाहुदै एक युवतीसँगको प्रेम सम्बन्धमा थिए । युवतीलाई फ्ल्याटमा राखेर उनको खर्च सबै आफँैले तिरिदिन्थे ।  उनीहरुबीच वास्तविक प्रेम थिएन, स्वार्थप्रेरित सम्बन्ध थियो । त्यस्तो सम्बन्ध लामो टिक्ने भएन । 
आफ्नो स्वार्थ पूरा भएपछि पछिल्लो समय अग्रवाल युवतीसँग टाढिँदै गए । तर, युवती टाढिन चाहन्नथिइन् । दुईबीच झगडा सुरु भयो । आजभोलि पुरुषसँग प्रतिशोध लिन महिलाहरुलाई कुनै समस्या छैन । बलात्कार ग¥यो भनेर उजुरी गरेमा प्रहरीले आँखा चिम्लिएर जाहेरी दर्ता गर्छ र अदालतले पनि मिसिल र प्रमाण नै नहेरी जेल चलान गरिदिन्छ । 
अग्रवाल पनि अहिले यस्तै जालमा परेका छन् । टाढिन खोजेपछि युवतीले उनीसँग बार्गेनिङ सुरु गरिन् । तर, उनले उल्टो हप्काए । त्यसपछि युवती बलात्कारको जाहेरी लिएर महानगरीय प्रहरी परिसर काठमाडौं पुगिन् । प्रहरीले जाहेरी दर्ता गरेर तत्कालै अग्रवाललाई पक्राउ ग¥यो । ‘सर ६ महिना भइसक्यो मैले उसँग सम्बन्ध नराखेको कसरी बलात्कार हुन्छ ?’ उनी गुनासो गर्दै थिए, तर कानुनले त्यसो भन्दैन । यदि आश्वासन दिएर सहमतिमै सम्बन्ध राखेको भएपनि बलात्कार ठहर्छ । 
त्यस्तै एक साताअघि मात्र बाँसबारी घर भएका जग्गा व्यापारी मदुसुदन दाहाल यस्तै घटना जेल चलान भएका छन् । एक डिभोर्सी महिलासँग उनी लिभिङ टुगेदरमा थिए । पछिल्लो समय उनीहरुबीच सम्बन्ध बिग्रदै गयो । त्यसपछि ती महिलाले बलात्कार गरेको भनेर जाहेरी दिने भन्दै ३० लाख रुपैयाँ मागिन्, तर उनले दिन मानेनन् । घटना बलात्कार नै जस्तो नलागेपछि प्रहरीले दुवैलाई सम्झाउने प्रयास गरेको थियो, तर कुरा मिलेर उनीविरुद्ध पनि मुद्दा दायर भयो, अदालतले जेल चलान गरेको हो । 
बलात्कारका अधिकांश घटनाहरु यस्तै प्रकृतिका हुने गरेको प्रहरी अधिकारीहरु बताउँछन् । बलात्कारका घटनामा युवतीको आरोप नै मुख्य प्रमाण बन्ने गरेको छ, जसकारण धेरै जना पीडित बनेका छन् । 

Related News