ग्लोबल आइएमई बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं, २८ भदौ । ग्लोबल आइएमई बैंकले आ.व.२०७३÷०७४ मा २ अर्ब ६१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 
बैंक संचालक समितिको २०७४ भदौ २८ को २७९ औं बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको वार्षिक साधारणसभाको स्वीकृति पश्चात आ.व.२०७३÷०७४ को वितरणयोग्य मुनाफा समेतबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश ( १० प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड रुपैयाँ पुग्ने छ ।  बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउन्टर तथा शाखारहित बैंकिङ सेवा मार्फत आफ्ना ग्राहकहरुमाझ सेवा प्रदान गर्दे आइरहेको छ । 
बैंकले भारत तथा अष्ट्रेलियमा प्रतिनिधि कार्यालय खोली कार्य गर्दै आएको छ भने बेलायतमा छिट्टै नै प्रतिनिधि कार्यालय खोल्ने क्रममा रहेको छ ।  १ खर्ब २ अर्व निक्षेप, ८४ अर्व ९६ करोड कर्जा लगानी रहेको बैंकको हाल  ११२ वटा शाखाहरु, १४ वटा राजस्व संकलन काउन्टर, ११९ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर तथा ४६ शाखा रहित बैंकिङ सेवा रहेका छन् ।  त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै आइरहेको छ ।

Related News