ग्लोबल आइएमई बैंकको गोरखामा नयाँ शाखा

दृष्टि न्यूज

काठमाडौँ । ग्लोबल आइएमई बैंकले गोरखाको गोरखा बजारमा रहेको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको गोरखा जिल्ला समन्वय समिति सभापति अशोक गुरुङ र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रूपमा उद्घाटन गरेका थिए । उक्त शाखामा एटिएम पनि सञ्चालनमा आएको छ । एटिएम सेवाको गोरखा नगरपालिकाका उपमेयर बिनाकुमारी श्रेष्ठले उद्घाटन गरेकी थिइन् ।
उक्त शाखा उद्घाटन समारोहमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैका लागि बैंक भन्ने मूल नारालाई चरितार्थ गर्दै देशका ७ वटै प्रदेशबाट सेवा प्रदान गर्न सफल भएको जानकारी थिए । ग्लोबल आइएमई बैंकले गोरखामा गोरखा बजार, मनकामना र सिरानचोक गरी ३ वटा शाखा सञ्चालन गरिरहेको छ ।
यसैबीच बैंकले थप २ वटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले गुल्मीको गुल्मी दरबार गाउँपालिका चारपला र बलिथुममा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । 
दुवै शाखारहित बैंकिङ सेवाको उद्घाटन जनप्रतिनिधि, बुद्घिजीवी तथा स्थानीयवासीको रोहबरमा गरिएको बैंकले जनाएको छ । थप गरिएका २ वटा शाखारहित बैंकिङ सेवासँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १ सय २ पुगेको छ ।
चारपलामा खोलिएको शाखारहित बैंकिङ सेवाका लागि स्थानीय नारायणप्रसाद अर्याल र बलिथुममा खोलिएको सेवाका लागि स्थानीय उत्तम पुनलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यी दुई शाखारहित बैंकिङ सेवा ग्लोबल आइएमई बैंकको गैँडाकोट शाखाअन्तर्गत रहने जनाइएको छ । ग्लोबल आइएमई बैंकले १ सय ३२ शाखा, १ सय ३७ एटिएम, ५ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर र १ सय २ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ । 

Related News