जुत्ताभित्र तीन किलो सुन, विमानस्थलमा दुई पक्राउ

दृष्टि न्यूज

काठमाडौं, १ बैशाख। 
जुत्ताभित्र करिब ३ किलो सुन लुकाएर तस्करी गर्न खोज्ने दुई जना विमानस्थलमा पक्राउ परेका छन्। १ करोड ४१ लाख ९३ हजार रुपैयाँ बराबरको सुनसहित दुई भारतीयलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो। 
 
फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौ आएका भारतीय नागरिक राहदानी नम्वर आर ४१५३०७४ बाहक २० बर्षीय राकेश पादीगेला र  राहदानी नम्बर पि ६८९६३१५ बाहक २७ बर्षीय सन्ताषे गाउड कुदारवारलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट २ केजी ८ सय ३० ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ। 
भारतीयहरुले सुन तस्करीका लागि नेपालको विमानस्थल प्रयोग गर्दै आएको छ। 

Related News