​८८ केजी सुन सहित गाडी चालक र एक चिनिया नागरिक क्षेत्रापाटीमा पक्राउ

८८ केजी सुन सहित गाडी चालक र एक चिनिया नागरिक क्षेत्रापाटीमा पक्राउ
काठमाडौं १९ भदौ । सुन समातिनु कुनै नौलो कुरा होइन, तर कति परिणाम भन्ने कुरा मात्रै फरक हो । ५० केजी तल सुनहरु धेरै पटक समातिएका थिए । तर, अहिलेसम्म कै धेरै झण्डै सय केजी सुन समातिएको छ । सोमबार विहान प्रहरीले क्षेत्रपाटीबाट ८८ केजी सुन गाडी पार्किङस्थलबाट बरामद गरेको हो ।
क्षेत्रपाटीबाट महानगरीय अपराध महाशाखाले सो परिणाम बराबरको सुन सहित बा १७ च ६४२७ नम्बरको गाडी र त्यसका चालक मनोज अधिकारीलाई पनि नियन्त्रण गरेको छ । एसएसपी दिवेश लोहनीका अनुसार स्ट्रोम जीपबाट बरामद गरिएको सुनको बजार भाउ ४३ करोड ५६ हजार हुन आउँछ । प्रहरीले सुनसँगै एक सय ३४ थान आइफोन, सामसुम, ओपो लगायतका मोवाइल र केही कपडा पनि बरामद गरेको छ । 
सुन चिनिया नाका केरुङ हुदै ल्याइएको प्रारम्भिक अनुमान प्रहरीको छ । सुनका साथमा सुन ल्याएको अभियोगमा एक चिनीयाँ नागरिक पनि पक्राउ परेका छन् । 

Related News