​फेरी समातियो तस्करीको १७ किलो सुन

रसुवा, २ मंसिर । 
चीनबाट तस्करी गरी ल्याइएको १७ किलो सुन बरामद भएको छ । शनिबार बिहान  रसुवाको टिमुरेमा  बा११च ७९१८ नम्बरको पिकअप भ्यानमा लुकाइराखिएको अवैध सुन बरामद भएको हो । गाडिको फल्स बटममा सुन कागजमा बेरेर सामानभित्र लुकाएर राखिएको थियो ।  सो भ्यानका चालक पार्वतीकुण्ड गाउँपालिकाका कर्साङ दावा तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सो भ्यान सामान लिन केही दिनअघि तिब्बत गएको रसुवाका प्रहरी प्रमुख डिएसपी शरतकुमार थापा क्षेत्रीले बताए । 

Related News