​सुन तस्करीमा संलग्न अर्का नाइके समातिए

दृष्टि न्यूज

काठमाडौं, ८ असार। 
विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहका अर्का नाइके पक्राउ परेका छन्। बिशेष अनुसन्धान टोलीले व्यापारी अकबर शाहलाई पक्राउ गरेको हो। 
ललितपुरको लबिममा मलमा लेभल थ्रि नामक रेस्टुरेन्ट चलाउँदै आएका शाहलाई अनुसन्धान टोलीले बिहिबार पक्राउ गरेको हो। 
उनी मोहन अग्रवाल, विमल पोदार लगायतसँग मिलेर सुन तस्करी र हुन्डीको कारोबारमा संलग्न रहेको स्रोत बताउँछ। 
उनको अन्तराष्ट्रिय माफिया गिरोहसँग समेत सम्बन्ध देखिएको छ। 
अनुसन्धान टोलीले तस्करीमा संलग्न ठूला व्यक्तिहरुमाथि अनुसन्धान अघि बढाएको छ। 

Related News