​८८ केजी सुन तस्करीका नाइकेको होटलबाट समुन्दी घोडा बरामद

दृष्टि न्यूज

काठमाडौं, ५ भदौ। 
 ८८ केजी सुन तस्करीका नाइके रहेका चिनियाँ नागरिकले ठमेलमा सञ्चालन गरेको होटलबाट अवैध समुन्द्र घोडा बरामद भएको छ।  
ठमेलस्थित काठमाडौं वान होटलका सञ्चालक चिनियाँ नागरिक चेन क्विङलाई प्रहरीले ३ सय ग्राम समुन्द्री घोडासहित पक्राउ गरेको हो। समुन्द्री घोडा संरक्षित  जीवमा पर्ने भएकाले खरिद बिक्रि गर्न पाइन्न। 

साथै होटलबाट ९० ग्राम यार्सगुम्बा  तथा ३ सय ३० ग्राम बरामद भएको छ। विभिन्न जडिबुटीहरु समेत बरामद भएको प्रहरीले जनाएको छ। 

महानगरीय अपराध महाशाखाले गत वर्ष १९ भदौमा सोही होटलका सञ्चालक पेन बेइमिङको ८८ केजी सुन क्षेत्रपाटीबाट बरामद गरेको थियो। 

प्रहरीले उनका गाडी चालक मनोज अधिकारीलाई पक्राउ गरेको थियो। 

अघिल्लो दिनसम्म नेपालमै रहेका पेन र उनकी श्रीमती  कसरी चीन भागे भन्ने रहस्यमै छ। तस्करीमा संलग्न चालकहरु जेलमा रहँदा मुख्य नाइके भने विदेश भाग्न सफल भएका थिए।  
सोही होटलका संचालक अर्काे अपराधमा मुछिएका छन्। 

Related News