​गोपालले भने– ‘दर्शक, श्रोताबिना म अधुरो हुन्छुु’

नक्कली मोरी, साउदी मलेसिया .. .. .. धेरै श्रोताले रुचाएका लोकभाका हुन । यिनै गितमा आवाज दिएका गोपाल नेपाल जिएम युबापुस्ताका निकै लोकप्रिय गायक हुन । सानै उमरमा गीत, संगितप्रति रुचि भएका उनले विद्यालयका कार्यक्रम, मेला तथा गाउँका भेलाहरुमा लोक गीतहरु गुनगुनाउने गर्दथे ।
०६६ तिर नेपालगन्जको रेडियो जनआवाजमा मनोरञ्जन कार्यक्रम चलाउन सुरु गरेका गोपालले दोहोरी भाकामा धेरै श्रोताको मन जित्न सफल भए । फलस्वरुप ०६८ सालको अन्त्यतिर, छुट्ने मन थिएन... बोलको लोक दोहोरी भाकाबाट युवा गायक जि.एमको साङ्गीतिक यात्रा आरम्भ भयो । धेरै दर्शक तथा श्रोताको मन र मुटुमा बस्न सफल त्यो भाकाले उनलाई दुनियाँको सामु चर्चाको शिखरमा पु¥यायो ।
हाल सम्म करिब ६ दर्जन बढी नेपाली लोकदोहोरी भाकामा आवाज दिएका गोपाल राजधानीमा संगीत सिकाउने अग्रज कलाकार चन्डीप्रसाद काफ्लेलाई आफ्नो गुरु मान्छन । त्यहाँ बस्दा काफ्लेबाट संगीत सिकेका कारण यो स्थानसम्म पुगेको बताए ।
संगित क्षेत्र रमाइलो रहेको बताउर्दै काम गर्दै जादा सुख दुःखको अनुभव हुने बताउछन । उनी भन्छन – “बुझेर लाग्दा फल्दायी हुन्छ, नबुझेर लाग्दा अलिक गारो पनि लाग्छ” ।
गेपालले भने – “दर्शक, श्रोता बिना म अधुरो हुन्छु, मैले आफ्ना लागि भन्दा पनि  उहाँहरुकै लागि काम गर्ने गर्दछु” । दर्शक, श्रोताको हौसलाले  आफुमा छुट्टै आनन्द मिल्ने बताए ।
गायक जि.एम जीवन आमाले दिएको अनमोल उपहार भएको बताए । जीनमा सबै अनुभव बटुलेका उनी अब आफनो कमाइको रकमले घर किन्ने सपना बुनेका छन ।
गोपालका लागि मनपर्ने ५ प्रश्न ?
१ कालाकार को ?
रामजी खाँण
२ आफैँले गाएका गीत ?
आईएमई गर, नक्कली मोरी, साउदी मलेशिया
३ नेता
जननेता मदन भण्डारी
४ खाना
दाल, भात, तरकारी
५ ठाउँ
नेपालगन्ज
प्रस्तुति : जीवन डाँगी/रोल्पा

Related News