​चलचित्र ‘गोरे’ भोलिबाट प्रदर्शन

काठमाडौं, २८ मंसिर । मार्शल आर्ट ताईक्वाण्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक समेत रहेका नायक हुन् राकेशकुमार राई । उनको दमदार एक्सन भूमिका रहेको चलचित्र ‘गोरे’ यही मङ्सीर २९ देखि देशभर प्रदर्शनमा आउने भएको छ । ‘गोरे’ एक्शन, रोमान्टिक एवं समसामयिक विषयवस्तुमा आधारित मनोरञ्जनात्मक चलचित्र भएकोले व्यवसायिक रुपले पनि सफलता पाउने विश्वास निर्माण पक्षले लिएका छन् । रामेशकुमार राईको निर्देशन रहेको ‘गोरे’मा दिलिप रायमाझी, अनु शाह, रबिन्द्र आचार्य, खुश्बु खड्का, बिमला गिरी, सुरवीर पण्डित, ममता शर्मा, सूर्य जि.सि., आदिको साथमा नवप्रस्तुती राकेशकुमार राई, डा.गुन्नु घर्ति, अभिषेक गिरी, लगायतका कलाकारको अभिनय रहेको छ । जी.एस. मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता सूर्य जिसि हुन भने रुपा जीसी चलचित्रको निर्मात्री हुन् । 

Related News