​गुण्डा उत्पादन गर्दै सिमेन्ट उद्योग

दृष्टि न्यूज

काठमाडौं, २२ फागुन । भौतिक पूर्वाधार निर्माण नभई नहुने सिमेन्ट उत्पादन गर्न स्थापना भएको उद्योगले सिमेन्टको साटो गुण्डाहरु उत्पादन गरी समाजमा हुने अपराध बृद्धि गर्छ भन्दा अपत्यारिलो लाग्न सक्छ । 
प्रदेश न ३ को राजधानी हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले सिमेन्टसँगै उद्योग तथा खानी क्षेत्रमा वातावरण निर्माण गर्ने नाममा गुण्डा उत्पादन गर्दै आएको छ । सिमेन्ट उद्योगले मकवानपुरको गढीगाउँपालिका, सुकौरामा रहेको खानी क्षेत्रमा एउटा युवाको समुहलाई दैनिक भत्ता दिने नाममा गुण्डागर्दी गर्नको लागि परिचालन गर्ने गरेको खुलेको छ । 
स्थानीयबासीका अनुसार शिवम् सिमेन्टका विरुद्धमा बोल्ने जोसुकैलाई तह लगाउन बल प्रयोग गर्ने तथा धम्क्याउने कार्य गर्नको लागि युवाहरुलाई परिचालन गर्ने गरिएको छ । स्थानीय हटियाको उद्योग आसपासको क्षेत्रदेखि शिखरकटेरी, हुँदै सुकौरासम्मको क्षेत्रमा दैनिक १५÷२० वटा मोटरसाइकलमा युवाहरुलाई परिचालन गर्ने गरिएको छ । सो क्रममा स्थानीय तथा हेटौडाको बजार क्षेत्रबाट, पदमपोखरीबाट ल्याइएको युवाहरुलाई भत्ता दिएर परिचालन गर्ने गरिएको छ । 
कुनै श्रम गर्नु नपर्ने तथा पाखुरा देखाएर भट्टी, दोबाटो र चौबाटोमा बसेकै भरमा राम्रो आम्दानी हुने भएपछि शिवमले परिचालन गर्ने युवा समुहमा बस्नको लागि पावर समेत लगाउने गरिएको छ । 
उता, उद्योग रहेको हटिया क्षेत्रमा शिवम् सिमेन्टको प्रदुषण बढेपछि गठन भएको सरोकार समितिका संयोजक गौविन्द गौतमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले झूठा मुद्दा लगाएर हिराशतमा राखेर छोडेको छ । शिवम सिमेन्टका सञ्चालकहरुसँगको साँठगाँठपछि जिल्लाका उपल्लो तहका अधिकारीको मिलेमतोमा वातावरण सम्बन्धी अभियान चलाउँदै आएका दिगो वातावरण तथा सस्कृति संरक्षण मञ्चका अध्यक्ष गोविन्द गौतमलाई नै प्रहरीले हिराशतमा राखेर रिहा गरेको छ । 
शिवम् सिमेन्ट उद्योग वातावरणमैत्री र प्रदुषण रहित ढंगले संचालन गर्नुपर्ने,प्रारम्भिक चरणमा पाएको उत्पादन अनुमति क्षमतालाई कायम गर्नुपर्ने, थप गरिएको क्षमता खारेज गरिनुपर्ने,र उद्योग स्थापनाकालमा स्थानीयवासी, स्थानीय निकाय र सरकार संग भएका सामाजिक उत्तरदायित्व सम्बन्धि सम्झौताहरु पूर्ण रुपमा कार्यनयन गरिनुपर्ने लगाएतका माग राख्दै शान्तिपूर्ण अभियान चलाउँदै आएको संस्थाका अध्यक्षलाई शिवम्  सिमेन्टका विरुद्धमा जनमत सिर्जना गरेको भन्दै प्रहरी लगाएर थुनिएको हो । सुरुमा स्थानीय गुण्डा लगाएर तह लगाउन खोज्दा नसकेपछि प्रहरी लगाएर थुनामा राखेर आन्दोलन निस्तेज पार्न खोजिएका हटियाका स्थानीयबासीको भनाइ छ । 

Related News