​बौद्धमा पेस्तोलसहित दुई युवक पक्राउ

काठमाडौं, १६ भदौ । 
बौद्धमा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।  ललितपुर लाकुरी भञ्ज्याङ–३ घर भएका ३२ वर्षीय कान्छा तामाङ र काभ्रे बिर्ता देउराली–५ घर भई हाल काठमाडौं महानगरपालिका–३५ नरेफाँट बस्ने २५ वर्षीय बिराज तामाङलाई  गोलीसहितको  एउटा पेस्तोल   सहित बिहीबार प्रहरीले पक्राउ गरेको हो । गोकर्णेश्वर नगरपालिका–६ स्थित सडकमा बा.३९ प ७६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक कान्छाको साथमा उक्त पेस्तोल फेला पारी पछाडि सवार बिराजलाई समेत प्रहरीले पक्राउ गरेको हो ।  उनीहरु अपराधिक योजनामा रहेको प्रहरी आशंका छ । 

Related News