​हनिमुन जान नपाउदै युवती हिरासतमा

दृष्टि न्यूज

काठमाडौं, १ जेठ । मालिकको बदमासीको हिस्सेदार बन्दा हनिमुन  जान नपाई एक युवती प्रहरी हिरासतमा पुगेकी छिन् । विमेन्स् ड्रिम्स ब्यूटी एण्ड मल्टि सर्भिस नामक कम्पनीमा कार्यरत प्रतिभा श्रेष्ठको यस्तो हालत भएको हो । 
सो कम्पनीका सञ्चालिका सुधा बस्नेतले युवाहरुलाई अमेरिका लैजाने भन्दै पैसा लिएर ठगी गरेकी थिइन्् । बस्नेतलाई २ महिनाअघि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेको थियो । बैंकिङ कसुर मुद्दा चलाएकोमा धरौटी तिर्न नसकेपछि उनी जेल चलान भइन् । उनले दिएको चेक बाउन्स भएपछि सो मुद्दा चलेको थियो । 
त्यसपछि उनीविरुद्ध काठमाडौं परिसरमा ठगीको अर्काे उजुरी प¥यो । सो उजुरीमा प्रहरीले फेरी अनुसन्धान गरेको छ । ठगीको मुद्दामा प्रतिभा पनि पक्राउ परेकी हुन् । कतिपय पैसा उनले नै लिएको र चेकमा उनको समेत हस्ताक्षर भएकाले उनी पक्राउ परेकी हुन् । 
बैशाखको पहिलो साता मात्र उनले बिहे गरेकी हुन् । बिहे गरेर हनिमुन जान नपाउँदै उनी प्रहरी हिरासतमा पुगेकी छिन् । 
सुधाले आफ्नो् संस्थामार्फत अमेरिका पठाउने भन्दै ३० लाख भन्दा धेरै पैसा असुलेकी थिइन् । तर, अमेरिका पठाउन सकिनन् । पैसा पनि फिर्ता गर्न नसकेपछि उनी पक्राउ परेकी हुन् । 

Related News