​त्रिवि नेविसंघमा आचार्य

काठमाडौं, असार २२  
नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको अध्यक्षमा हरि आचार्य  चयन भएका छन् ।  बुधबार आयोजित नेविसंघको बृहत् विद्यार्थी भेलाले आचार्यलाई जिम्मेवारी दिने निर्णय भएको हो । उक्त पद लामो समयदेखि रिक्त थियो । 
  नेवि संघ केन्द्रीय प्रतिनिधि केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारी तथा महामन्त्री कुन्दन काफ्ले लगायत ३० जना केन्द्रीय पदाधिकारीसहितको भेलामा सहभागिता रहेको थियो ।  अध्यक्षमा चयन भएपछि आचार्यले उक्त भेलालाई सम्बोधन गर्दै आफू विद्यार्थीको बृहतर हितको लागि संघर्ष गरिरहने बताए । साथै उनले त्रिविको सुधारमा निरन्तर खटिने प्रतिबद्धता व्यक्त गरेका  छन् । 
 

Related News