ठमेलबाट चरेश कारोबारी पक्राउ

काठमाडौं, १६ भदौ 
ठमेल क्षेत्रलाई लक्षित गरी बिक्रि गर्न लागिएको तीन किलो सात सय ग्राम चरेश प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले बिहिबार बेलुका काल्धाराबाट मकवानपुर थाहा नगरपालिका घर भएका राम बहादुर मोक्तानलाई चरेशसहित पक्राउ गरेको हो । उनको हाते झोलाबाट कार्टुन टेपले ¥यापिङ गरिएको चरेश २२ वटा चरेशको पाता बरामद भएको वृत्तका प्रहरी निरीक्षक उमेश लम्सालले बताए । ठमेलमा ठुलो मात्रामा चरेशको कारोबार हुने गरेको छ । 







 

Related News