हिमालयन बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न

दृष्टि न्यूज

काठमाडौं, २८ पुस । हिमालयन बैंकको २५औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद गरी कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले जानकारी दिए ।
बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख २९ हजार पुग्नेछ । साधारणसभामा सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले आव ०७३÷७४ को प्रतिवेदन प्रस्तुत गरेका थिए । 
बैंकले आव ०७३÷७४ अन्त्यसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले यो वर्ष थप ६ स्थानमा नयाँ शाखा विस्तार तथा नेपाल सरकारको योजनाअनुरूप स्थानीय तहमा पनि ग्रामीण शाखा स्थापना गर्दै जाने लक्ष्य रहेको साधारणसभामा जानकारी दिइएको थियो ।

Related News