कार्यदलको बैठकअघि ओली–प्रचण्डबीच ‘वान टू वान’ छलफल

दृष्टि न्यूज

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा माओवादी केन्द्रका बीचमा आज हुने भनिएको पार्टी एकता संयोजन समितिको बैठकअघि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज पनि ‘वान टू वान’ वार्ता हुने भएको छ । 
पार्टी एकताको विषयमा दुई पार्टीका बीच अझै केही कुराहरु मिलाउन बाँकी रहेको तथा छलफलका नयाँ विषयहरु आएकाले थप छलफल हुन लागेको हो । दुई नेताका बीचमा आइतबार नै छलफल हुने कार्यक्रम रहेको छ । 
थप छलफ गर्नुपर्ने भएकोले आइतबारको लागि तोकिएको पार्टी एकता संयोजन समितिको बैठक स्थगित गरिएको र बैठक स्थगित हुने भएपछि एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल रौतहटतर्फ प्रस्थान गरेका छन् ।

Related News