​मृगौलारोगीलाई कुबेतबाट सहयोग

दृष्टि न्यूज


काठमाडौं, ३१ असोज 
दुवै मृगौला फेल भएर उपचार गराइरहेका काभ्रे नमोबुद्ध – ५ का गोपिलाल जोशीलाई कुबेतमा रहेका नेपालीहरुले सहयोग गरेका छन् । नमोबुद्ध स्थायी घर भएकै राम पौडेलको अग्रसरतामा २६ हजार ६ सय ६५ रुपैयाँ सहयोग जम्मा गरी जोशीलाई हस्तान्तरण गरिएको हो । 
मानव अंग प्रत्यारोपन केन्द्रमा डायलसिस गराउदै आएका जोशीको मृगौला प्रत्यारोपनका लागि चिकित्सकले प्रयास गरिरहेका छन् । कमजोर आर्थिक अवस्था भएका जोशीलाई स्थानीयहरुले सहयोग संकलन जारी राखेका छन् । यादब पौडेलको अग्रसरतामा करिब ३५ हजार जम्मा गरी जोशीलाई हस्तान्तरण गरिएको छ । 

Related News