हिलारीको हारमा को जिम्मेवार ?

काठमाडौं, २८ कात्तिक । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा आफ्नो हारमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले संघीय अनुसन्धान ब्युरो (एफबीआई)का निर्देशक दोषी रहेको बताएकी छन् ।

एफबीआईका निर्देशक जेम्स कुमीले इमेल प्रकरणको अनुसन्धान गर्ने बताउँदा निर्वाचन प्रचार अभियानमा धक्का लागेको हिलारीको भनाइ छ । आफू विदेशमन्त्री हुँदा हिलारीले निजी सर्भरमार्फत इमेल पठाएको आरोप लागेको थियो । यद्यपि, निर्वाचन अभियानको अन्तिम समयमा एफबीआईले उनलाई सफाइ दिएको थियो । 

राष्ट्रपति पदमा डोनाल्ड ट्रम्पको जितविरुद्ध अमेरिकामा प्रदर्शन जारी छ ।

Related News