कलाकारबीच ‘हिलो कप’ फुटबल

दृष्टि न्यूज

काठमाडौं । कलाकारबीच मैत्रीपूर्ण ‘हिलो कप’ फुटबल सम्पन्न भएको छ । राजधानीको पेप्सीकोलास्थित टाउनप्लानिङमा चलचित्र तथा गीत, संगीत क्षेत्रका सर्जकहरुको मैत्रीपूर्ण फुटबलमा १२ टोली एक आपसमा भिडेका थिए । 
खेल उपाधि जित्नका लागि नभएर नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्ड कार्यक्रममा सामेल कलाकार तथा अवार्ड कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पु¥याउने उद्देश्यले सामुहिक सद्भाव खेल रहेको आयोजकले जनाएको छ ।
झरी परिरहने भएकै कारण आयोजकले समेत मैत्रीपूर्ण प्रतियोगिताको नाम ‘हिलो कप’ राखेको जनाएको छ । निरन्तर वर्षाका कारण हुँदा यस्ता प्रतियोगिताहरु कमै हुने अथवा स्थगित समेत हुने गर्छ । तर, आयोजक बक्स अफिस इन्टरनेशनल ग्रुरुपका अध्यक्ष रामबहादुर सुवेदी (आरके)ले तोकिएकै समय अर्थात् पूर्वघोषित कार्यक्रमअनुसार प्रतियोगिता गरे । 
कलाकारबीच भिडन्तमा झिज्दै–रुझ्दै मैदानमा बल गुडाइरहे । उनीहरु विपक्षीको पोष्टमा गोल हान्न उद्यत देखिए । बिहान ७ बजेदेखि शुरु भएको प्रतियोगिता बेलुका ७ बजेसम्म चलेको थियो । 
प्रतियोगितामा सहभागी १२ टोलीमध्ये पहिलो भिडन्त जनजाती तथा भाषाभाषी गीतका कलाकारहरुले भीएफएक्स टोलीको सामना गरेका थिए । जसमा भीएफएक्स टोलीले ५–३ को गोल अन्तरले जित हासिल गरेको थियो । 
त्यसैगरी दोस्रो खेलमा नेवारी कलाकार भर्सेस तामाङ कलाकारबीचको भिडन्त पनि निकै रमाइलो बन्यो । जसमा तामाङ कलाकारले २–० गोल अन्तरको जित हासिल ग¥यो भने तेस्रो खेलमा लोकदोहोरी कलाकारले आधुनिक कलाकारको टोलीलाई पनि २–० कै गोलअन्तरको जित हासिल ग¥यो । 
त्यस्तै, चलचित्रका कलाकारहरुको फुटबल पनि निकै नै रमाइलो बन्यो । जसमा मेरी मामु टोली र लभ डायरिज टोलीले बराबरी खेलेका थिए भने चलचित्र कहीँ कतै र राष्ट्रिय कलाकारको टोलीबीच भएको भिडन्तमा राष्ट्रिय कलाकारको टोलीले २–० गोल अन्तरको जित हासिल ग¥यो । त्यसैगरी मोडल संघले आयोजकसँग प्रतिस्पर्धा गरेको खेलमा आयोजक २–१ गोल अन्तरले पराजित भयो । त्यसपछि विजेता टोलीहरु मैदानमा उत्रिएका थिए । उपाधिका लागि खेलाइएको खेलमा मोडलहरुको टोलीलाई पेनाल्टी सुट आउटमा हराउँदै तामाङ म्यूजिक भिडियो कलाकारले उपाधि जित्न सफल भएको थियो ।
नेपाली विविध सांगितिक क्षेत्रका स्रष्टा तथा मोडलहरुलाई एकै स्थानमा उतारेर  बक्स अफिस इन्टरनेशनल ग्रुरुप, बक्स अफिस फिल्मी क्लब नेपालले राष्ट्रिय म्यूजिक भिडियो, चलचित्र, धार्मिक, तीज, आधुनिक, लोकदोहोरी, भाषा भाषी, पप गीत लगायतलाई समेटेर वृहत्त अवार्ड वितरण गर्न लागेको हो ।  असोजको पहिलो हप्ता सिंगापुर हुने भनिएको बक्स अफिस भिडियो अवार्डका लागि उत्कृष्ट १० लाई मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

Related News