​श्रीमान रिसाएको हेर्न मन छ– हिमा कोइराला, हास्य अभिनेत्री

हिमा कोइराला विगत दुई बर्षदेखि हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीमा आबद्ध छिन् । सानो पर्दा र ठूलो पर्दाको चलचित्रहरुमा अभिनय गरिसकेकी उनले खुरापाती हाकिमको श्रीमतीको उपनामले निकै चर्चा पाएकी छन् । उनै हिमा कोइरालासगँ रेजिना पाण्डेको जम्काभेट :
यसपालीको गाईजात्रमा तपाईं देखिनु भएन किन ? 
आफ्नै कामकाजमा व्यस्त भएर हो । अर्काे कुरा गाईजात्रा टिमले मलाई सम्झेन पनि भन्नुपर्छ ।
तपार्इं त राम्रो अभिनय गर्न सक्ने खुवी भएको कलाकार हुनुहुन्छ, तर पनि तपार्इंलाई गाईजात्रा टिमले नसम्झनुको कारण ?
सायद वरिष्ठहरुले ममा कमजोरी देखेर हुन सक्छ । 
तपार्इंसँगै अभिनय यात्रा सुरु गरेकाहरु नाम दाम कमाएर अघि बढेका छन् । तर आफू अलि पछि परे जस्तो लाग्दैन ? 
म यो कुरा मान्छु । आफू अघि पुग्दा अरुलाई पनि सँगै लैजाउ भन्ने सोच सायद मेरो साथीभाइहरुमा भइदिएको भए मैले पनि अझै सफलता पाउँथे होला । तर खुट्टा तान्ने प्रवृत्तिले गर्दा म जस्ता धैरै नै पछि पर्नुपरेको छ । 
अभिनय क्षेत्रमा चाहिँ कसरी आइपुग्नु भयो नि ?
मैले बसुन्धरा भुषाल दिदीलाई चिन्थे । उहाँकै मार्फत् सन्तोष पन्तको हिजोआजको कुरामा खेल्न थाले । यसरी विस्तारै कलाकारिता प्रवेश भयो । 
जिरे खुर्सानीले चाहिँ तपार्इंलाई दर्शकहरुमाझ चिनाएको होइन त ? 
थुप्रैमा अभिनय गरे पनि मलाई जिरे खुर्सानीले नै चिनाएको हो । ख्ुारापाती हाकिमकी श्रीमती भनेर चिन्छन् सबैले । रमाइलो लाग्छ । तर, यो कार्यक्रम पनि बीचमा रोकिएको छ । दुःख लागेको छ । 
तपार्इंको जीवनमा अभिनयले के महत्व राख्छ ? 
धैरै नै महत्व छ राख्छ । पानी बिना जसरी माछा तडपिन्छ, त्यस्तै हुन्छु मलाई पनि । अभिनय बिना म तड्पिन्छु । 
रिलको श्रीमान निकै रिसाउनु हुन्छ, कि रियल लाइफमा पनि श्रीमानसँग त्यस्तै रिसाउनुहुन्छ ? 
रिल लाइफको श्रीमान बढी रिसाउनु हुन्छ । उहाँ सानो सानो कुराहरुमा पनि रिसाउनु हुन्छ । तर, रियल श्रीमान मेरो भगवान जस्तै हुनुहुन्छ । उहाँ निकै सोझो हुनुहुन्छ । कसैलाई पनि केही भन्नुहुन्न । बरु कहिले काहीँ रियल श्रीमान रिसाए हुन्थ्यो जस्तो लाग्छ । उहाँ रिसाएको साह्रै हेर्न मन लागेको छ । 
कलाकारितामा मन नपर्ने कुरा के हो ? 
केही व्यक्तिहरु आफैँ मात्र अघि बढौं, आफैँ मात्र खाउँ कमाउँ भन्ने सोच छ । त्यसले गर्दा नै हामी जस्ता कलाकारहरु पछिपरेका छौं । 
तिज कत्तिको लागेको छ, ब्रत बस्नुहुन्छ ?
तिज लागेको छ, ब्रत बस्छु । मलाई भगवानप्रति निकै आस्था लाग्छ । भगवान मनको शान्ति हुन्, विश्वासको धागो हुन् जोसँग मन र भावनाको गुनासो पोख्न पाइन्छ ।

Related News