​हिमालय एअरलाइन्सले मनायो तेस्रो वार्षिकोत्सव

दृष्टि न्यूज

काठमाडौं, २८ फागुन । नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एअरलाइन्सले नेपालीहरुलाई अरु देशहरुसँग जोडेको सन्दर्भमा मार्च ९,२०१८ मा आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । विगतका दुई वर्ष हिमालय एअरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरुसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने बर्षका रुपमा रहेका एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अहिले हिमालय एअरलाइन्ससँग तीनवटा ए ३२० एयरवसका जहाजहरु सञ्चालनमा रहेका छन् र दक्षिण एसियाली ट्राभल अवार्ड  (साटा) २०१७ मा दक्षिण एसियाको ‘प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा’ जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दै सम्मानित हुन सफल भएको छ ।
यो उत्सवलाई मनाउने क्रममा मार्च ९, २०१८ मा एअरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरिएका छ, जुन फेसबुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहने जनाइएको छ । विज्ञप्तिमा भनिएको छ–‘सहभागीहरुलाई एअरलाइन्सको सोशल मिडिया पेजमा सेयर गरिएको लिंकमा धधध।जष्mबबिथब(बष्चष्लिभक।अयmरत्रगष्श क्लिक गरी हिमालय एअरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान÷आग्रह गरिएको छ । प्रतियोगिता मार्च १९,२०१८ सम्म मात्र रहने छ । यो प्रवद्र्धनात्मक प्रतियोगिताको माध्यमबाट  ग्राहकहरुलाई  हिमालय एअरलाइन्सको जहाजमा आतिथ्य अनुभव गर्ने मौकासहित  पुरस्कृत गर्न चाहन्छौँ ।’     
त्यसैगरी, हिमालय एअरलाइन्सले सोही दिन दोहा, दुबई र क्वालालम्पुरका लागि यात्रा गर्ने यात्रुहरुसँग पनि जहाजभित्रै रेड भेल्भेट कपकेक वितरण गरी खुशीयाली साटासाट गरेको थियो ।
सो अवसरमा प्रतिक्रिया दिँदै हिमालय एअरलाइन्स प्रशासन तर्फका उपाध्यक्ष विजय श्रेष्ठले भने ‘महत्वपूर्ण उपलब्धिहरूसँगै अब हामी सगर्व भन्न सक्छौँ कि हिमालय एअरलाइन्स नेपालको निजी क्षेत्रको दु«त गतिमा अगाडि बढेको एक अन्तर्राष्ट्रिय वायुसेवा हो जुन सर्वोत्कृष्टता हासिल गर्न सदैव प्रयासरत छ, चाहे त्यो हाम्रा उडानहरुको समय सीमा प्रभावकारितामा होस् वा चाहे त्यो सबैभन्दा सजिलो एवम् प्रभावकारी समयको हवाईयात्रा सुनिश्चित गर्ने सवालमा होस्  । हामीलाई अगाडि बढ्न प्रत्येक पाइलामा अथाह साथ दिनुहुने हाम्रा सबै यात्रुहरू, सहयोगीहरू र सरोकारवालाहरूलाई धन्यवाद दिन चाहन्छौँ । साथै, लक्की ड्र प्रतियोगिताका सम्पूर्ण सहभागीहरू प्रति शुभेच्छा व्यक्त गर्दछौँ ।’
हिमालय एअरलाइन्स व्यवस्थापनले सुरक्षालाई प्रमुख उत्तरदायित्व तथा आफ्ना कर्मचारीहरूको हौसला  बढाउने तत्वको रुपमा पहिचान गरेको छ, त्यसैले संस्थाको  प्रभावकारी सुरक्षा अभ्यासका लागि उपयुक्त स्रोत–साधन उपलब्ध गराउन पूर्णरुपले प्रतिबद्घ रहेको जनाएको छ । 
नेपाल–चीन संयुक्त लगानीमा  अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमान सेवा हो । पूर्ण सेवाकालीन  रुपमा उत्कृष्ट सेवा प्रदायकको रुपमा हिमालय एअरलाइन्सले उड्डयन सुरक्षा, उडान नियमितता र मुख्य रुपमा ग्राहकको सेवा तथा सुविधालाई अझ स्तरोन्नति गर्दै लैजाने लक्ष्य राखेको छ । हिमालय एअरलाइन्सले आफ्ना तीनवटा ए३२० सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १५८ सिट भएका जहाजहरुमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमा प्रतिहप्ता २२ वटा उडानहरु सञ्चालन गरेको छ ।

Related News