हिमालय एयरलाइन्सले नयाँ एयरबस माघ ७ मा नेपाल ल्याउने

काठमाण्डौ, २७ पुस । हिमालय एयरलाइन्सले नयाँ एयर बस जनवरी २० अर्थात माघ ७ नेपाल ल्याउने भएको छ । नयाँ जहाज आएपछि नयाँ उडान पनि थप गर्ने हिमालय एयरलाइन्सले जनाएको छ । नयाँ जहाज नाइन एन एएलभी कलसाइनमा उड्ने छ बताइएको छ ।
हाल नेपाल नेपाली क्यारिएयरका अन्तराष्ट्रिय उडान भर्ने जहाजको संख्या ४ रहेको छ । हिमालय एयरलाइन्सको नयाँ एयर बस आएपछि अन्तराष्ट्रिय उडान भर्ने जहाजको संख्या ५ पुग्ने छ । हाल नेपाल एयरलाइन्सका तीन र हिमालयको एउटा जहाजले मात्रै अन्तर्रा्ष्ट्रिय रुटमा उडान भरिरहेका छन् । कम्पनीले यसअघि श्रीलंकाको कोलम्बोका लागि उडान सुरू गर्दा आफ्नो तेस्रो गन्तव्य भारतको नयाँ दिल्ली हुने जनाएपनि प्राविधिक कठिनाइका कारण नयाँ दिल्ली उडान भर्न नसकिएको जनाएको छ । 
कम्पनीका अनुसार नयाँ एयरबसले फेबु्रअरी १० तारिखबाट मलेसियाका लागि उडान भर्नेछ । त्यसपछि म्यानमार उडान भर्ने कम्पनीले जनाएको छ । हाल हिमालय एयरलाइन्सले कतारको दोहा र श्रीलंकाको कोलम्बोका लागि व्यवसायीक उडान भरिरहेको छ ।
तिब्बत एयरलाइन्सको ४९ प्रतिशत सेयर रहेको हिमायलय नेपालबाट अन्तराष्ट्रिय रुटमा उडान भर्ने संयुक्त लगानीको कम्पनी हो । कम्पनीले ल्याउने नयाँ एयर बसले अब भने मलेसियाको राजधानी क्वालालम्पुर र म्यानमारका लागि व्यवसायिक उडान भर्नेछ । 

Related News