​जसले कानुन उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ : गृहमन्त्री थापा

दृष्टि न्यूज

चितवन । गृहमन्त्री रामबहादुर थापाले नेकपा विप्लव समूहका प्रवक्ता प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भएकाले पक्राउ गरिएको बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै गृहमन्त्री थापालले प्रकाण्डको नाममा वारेन्ट जारी भएको पनि बताए । 
गृहमन्त्री बादलले भने, ‘प्रकाण्ड गैरकानुनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । चन्दा आतंक मच्चाएकाले पक्राउ गरिएको हो ।’ उनले प्रकाण्ड अपराधी भएको बताउँदै भने, ‘जसले कानुनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौँ ।’
नेकपा विल्लव लगायतसँग राजनीतिक सम्वाद पनि गर्ने र प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको उनले बताए । राजनीतिक रुपमा समाधान खोज्न सरकारले सम्वादमा आउन आहृवान गरेको गृहमन्त्री थापाले बताएका छन् । 
यसैबीच गृहमन्त्री थापाले अपहरणकारीलाई २४ घन्टामा निस्तोज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्लामात्र भएको बताए । उनले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दावी गरे हुन् । फेक इन्काउन्टर भएको चर्चा भइरहेको बेला गृहमन्त्री थापाले भने, ‘सरकारले आफ्नो पोजिसन प्रस्ट पारेको छ । यो विषयलाई हल्लाकै रुपमा बुझेका छन् ।’

Related News