सुरक्षा वैठकमा सुरक्षा चिन्ता

दृष्टि न्यूज

यति वेला सरकारलाई सुरक्षाको चिन्ताले सताएको छ । आईतवार चार नम्वर प्रदेशको पोखरामा भएको सुरक्षा वैठकले राज्य विरूद्ध उत्रन खोज्ने जो कोहीलाई पनि नछोडनु भन्ने गृहमन्त्रीको निर्देशनले के कति काम गर्ला हेर्नुपर्ने छ । सेन्डिकेटदेखि तस्करी, गुन्डागर्दी, चेलीवेटी वेचविखन, लागूऔषध कारोवार जाँडरक्सी नियन्त्रणमा निर्मम बन्ने देखिएका छन् । गृहमन्त्री रामवहादुर थापाले निर्देशन दिदै गर्दा माओवादी विप्लवले नेपाल वन्दको नाममा ठाउ ठाउमा राखेका वमहरूको सुचनाले वैठक नै प्रभावित बनिरहेको थिए तर, गृहमन्त्री थापा भने निर्देशन दिइरहेका थिए । 
सुरक्षाका उच्च अधिकारीहरू सम्मिलित बैठकले संविधानको कार्यन्वयनलाइ विशेष महत्व दिएपनि चिन्ता सुरक्षकै रह्यो । संविधाको कार्यन्वयन भनेको तीन तहको निर्वाचन हो ।नेपालले संविधान जारी गरेको दुई वर्ष भित्रै तीनै तहको निर्वाचन गरेर संघीय, प्रादेशिक र स्थानीय तहका सरकारहरूको गठन गरि काम शुरू गरिसकेको छ । यसरी एकातिर तीन तहका सरकार जनताको विचमा पुगिसकेको अवस्था छ भने अर्को तिर सरकारको कामै नहेरी त्यसको विरूद्धमा एउटा समूह सशस्त्र विद्रोह गर्दै जनतामा त्रास फैलाउदै हिडेको छ । 
मुलुकले समृद्धिको बाटो लिन लागेको वेला  नेकपा माओवादी विप्लव उही पुरानो शैलीमा अघि बढिरहेको सन्दर्भमा पोखरामा आयोजित सुरक्षा बैठकमा चिन्ता व्यक्त गरिएको हो । कमजोर सरकारले स्थायीत्व पाउन सकेन र राम्रोसँग कम गर्न सकेन भनि जनताले बलियो समर्थन दिएर सरकार वनाएको पनि सय दिन हुन लाग्यो । केही राम्रा कामहरूको मेलो थाल्न लागेको वेला छ । नीति तथा कार्यक्रम र वजेटको तयारी भित्र भित्रै भैरहेको छ । 

Related News