​बिप्लव समुह राज्य र संविधान विरोधीः गृहमन्त्री थापा

दृष्टि न्यूज

धनगढी ।
गृहमन्त्री राम बहादुर थापा (बादल) ले थवाङ महाधिवेशनबाट एकीकृत जनक्रान्तिको कार्यदिशा पास गरी राजनीतिक तथा अन्य गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीलाई संविधान विरोधी शक्तिको रुपमा राज्यले व्यवहार गर्ने प्रष्ट पारेका छन् । 
हिजो जनयुद्धको लक्ष्य प्राप्तिका लागि संगै लडेका नेत्र बिक्रम चन्दले नेतृत्व गरेको नेकपालाई उनले राज्य विरोधी शक्ति भएको आरोप गृहमन्त्री थापाले लगाएका छन् । 
धनगढीमा आयोजित पत्रकार भेटघाटमा मन्त्री थापाले विप्लव संविधान विरोधी र राज्य विरोधी शक्तीको रुपमा परिभाषित गरिराखेको उल्लेख गर्दै गृहमन्त्री थापाले राजनीतिक रुपमा र प्रशासनिक प्रक्रियाबाट समस्याको हल गरिराखेको बताए । यद्यपि सरकारले हालसम्म पनि राजनीतिक रुपमा समस्या समाधानको लागि वार्ताको लागि औपचारिक आह्वान भने गरेको छैन ।
पत्रकार भेटघाट कार्यक्रममा गृहमन्त्री थापाले तस्करीमा संलग्न मालिकलाई उम्काउने र भरियालाई फसाउने हिजोको प्रवृत्ति अन्त्य भएको बताउँदै अब मालिकदेखि संलग्न सबैलाई सरकारले नछोड्ने बताए । ‘मालिकको सुरक्षाका लागि भरिया समातेको नाटक गर्ने गरिन्थ्यो, अब नाइके नै हामी समात्ने छौं, हामीले त्यो अभियान शुरु गरिसकेका छौं ।’ सुन तस्करीमा गोरे भनिने चुडामणी उप्रेतीलाई समातिएको र अब माथिका ठुला माछा पनि सरकारले समात्ने गृहमन्त्री थापाले स्पष्ट पारे । 

Related News