​होटल वल्र्ड दरबारले ल्यायो स्वीमिङ पुल सञ्चालन

दृष्टि न्यूज

उदयपुर, गाईघाट । उदयपुर जिल्लाको गाईघाट बजारमा सञ्चालित सुविधासम्पन्न र आरामदायी होटल वल्र्ड दरबारले आजबाट स्वीमिङ पुल सञ्चालनमा ल्याएको छ । दुई बर्षअघिबाट त्रियुगा नगरपालिका ९ राटमाटेमा सञ्चालनमा आएको होटल वल्र्ड दरबारले स्वीमिङ पुल पनि सञ्चालनमा ल्याएको हो । होटल सञ्चालनसँगै स्वीमिङ पुल सञ्चालनमा ल्याउने तयारीमा थियौ तर आवश्यक पूर्वाधार अभावले गर्दा दुई बर्षपछि भए पनि स्वीमिङ पुल सञ्चालनमा ल्याउन सफल भएका छौ होटल सञ्चालक डेबीट बस्नेतले बताए ।



उदयपुरका विभिन्न धार्मिक तथा पर्यटकी गन्तव्यहरुका लागि बाहिरबाट आउने पर्यटक तथा स्थानीयहरुलाई मनोरञ्जन र स्वास्थ्यको लागि समेत ध्यानमा राखेर होटल व्यवस्थापनले स्वीमिङ पुल सञ्चालनमा ल्याएको सञ्चालक बस्नेतले बताए । गर्मी छल्नको लागि अधिंकाश स्थानिय खोला खहरेमा पानीमा खेल्दै रमाइलो लिनको लागि पुग्नेहरुलाई स्वीमिङ पुलमा सुरक्षित साथ मनोरञ्जन लिन अझ सहज हुने सञ्चालकको दाबी छ । होटल व्यवस्थापनले केही समयपछि महिलाहरुको लागि छुट्टै समय निर्धारण गरिने समेत उनले बताए । 

Related News