​६ लाख तिरेर बिदेश जाँदा अफ्रिकाको जंगलमा अलपत्र

काठमाडौं, २६ भदौ 
आकर्षक वैदेशिक रोजगारीको आश्वासमा अफ्रिकामा पु¥याई अलपत्र बनाउने बागलुङका सागर श्रीषलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले गत साता उनलाई पक्राउ गरेको हो । सागरको समूहले युवालाई दिल्लीको बाटो हुँदै इथियोपिया, मोजाम्बिक, स्वाजिल्यान्ड हुँदै जंगलको बाटो साउथ अफ्रिकाको बोर्डरसम्म पु¥याई छाडेका  थिए । पीडितहरू फर्किएर नेपाल आएपछि उजुरी गरेका थिए । महाशाखाले श्रीषलाई गत साता पक्राउ गरी मानव बेचविखन मुद्दामा कारबाही अघि बढाएको छ  । 
दाङका सन्तोष पौडेल र ऋषि घिमिरेलगायत व्यक्तिले आपूmलाई मासिक ६० हजार तलबको आश्वास दिई अफ्रिकामा पु¥याएर अलपत्र बनाएको पीडितले बताएका छन् । गत १५ असारमा उनीहरूलाई दक्षिण अफ्रिकामा सेनाले पक्राउ गरेको थियो । १६ दिन हिरासतमा बसेपछि नेपाली दूतावासको सहयोगमा उनीहरूको उद्धार भएको थियो ।  रोजगारीमा लगाइने भन्दै उनीहरूसँग ६÷६ लाख रुपैयाँ लिइएको थियो । गिरोहका प्रमुख नाइकेहरू भने फरार छन् । 

Related News