यसपटक सातै प्रदेशमा ‘मानव अधिकार महाभेला’ हुँदै

दृष्टि न्यूज

काठमाडौं । ‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला–२०१८’ आगामी २२ मंसिरदेखि हुने भएको छ । मानव अधिकार, शान्ति र लोकतन्त्रको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको भेला २८ मंसिरसम्म सञ्चालन हुनेछ । 
भेलामा शान्ति, लोकतन्त्र र मानव अधिकारको विषयमा सघन संवाद हुने भेलाका संयोजक नरेन खतिवडाले बताएका छन् । विगतका वर्षमा काठमाडौं र केही जिल्लामा मात्रै भेलाको आयोजना गरिएपनि यस वर्ष भने देशैभरि प्रदेशस्तरमा भव्यरुपमा भेला गर्ने तयारी गरिएको छ । 
राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र युथ एड्भोकेशी नेपालको संयोजन रहेको सो भेलामा मानव अधिकारसँग सम्बन्धित करीब २५० संघसंस्था आयोजक छन् । भेलाको सहसंयोजन फतिमा फाउण्डेशन र पौरखी नेपालले गरेको छ । 
सन् १९४८ मा मानव अधिकार विश्वाव्यापी घोषणापत्र जारी भएपछि विश्वभरी डिसेम्बर १० मा अन्तर्रा्ष्ट्रिय मानव अधिकार दिवस मनाउन सुरु गरिएको हो 

Related News