​हुम्लामा हिमपात, तापक्रम माइनस ६ डिग्री

दृष्टि न्यूज

हुम्ला । हिमाली जिल्ला हुम्लामा आइतबार बिहानबाट हिमपात सुरु भएको छ । गएका वर्षहरूमा पुस महीनाबाट हिमपात सुरु हुने गर्दथ्यो । तर, यस वर्ष कात्तिकमै हिमपात सुरु भएको छ ।
आइतबार बिहानबाट भएको हिमपात यो वर्षको पहिलो हिमपात हो । हिमपातसँगै हुम्लामा चिसो बढ्दै गएको छ भने तापक्रम माइनसमा झरेको छ । शनिबार दिउँसोबाट आकाशलाई बादलले ढाकेको थियो भने आइतबार बिहान ७ बजेबाट हुम्लामा हिमपात हुनथालेको हो । 
यो वर्ष कात्तिकमा परेको हिमपातले बालीनाली घर नभित्र्याएका कारण किसान चिन्तित बनेका छन् । कात्तिकमा परेको हिमपातले फलफूलमा समेत असर पुग्ने भएको सिमकोट निवासी कमल भण्डारीले बताउनुभयो । आइतबार सिमकोटको तापक्रम माइनस ६ डिग्रीमा झरेको छ । 

Related News