​आईजीको अक्षमताले गुमे अवसर

दृष्टि न्यूज

काठमाडौं, २९ फागुन । दिनप्रतिदिन संगठन कमजोर बन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकृतहरुको करिअर अन्धकारमय बन्दै गएको छ । करिअर प्लानिङको अभावमा आफ्नो भविष्य न अन्योलता छदै छ, साथै अवसरहरु पनि गुम्दै गएका छन् । 
पछिल्लो समय राष्ट्रसंघीय शान्ति मिसनमा जाने अवसरका कारण संगठनमा धेरै सुधार हुँदै आएको थियो । मिसनमा जाँदा प्रशस्त कमाई हुने भएको संगठनका अधिकारीहरुले शुद्धीकरण आएको थियो । तर, प्रहरीको त्यही अवसर पनि गुम्दै गएको छ, त्यो पनि संगठनको नेतृत्व कमजोर भएका कारण । 
नेपाल प्रहरी र सशस्त्र प्रहरीको यूनएन मिसन अब सुडान र दक्षिण सुडानमा मात्र केन्द्रीत हुँदै छ । लाइबेरिया मिसन बन्द भइसकेको छ भने नेपाल प्रहरीको पहिलो एफपियू मिसन हाइटी पनि अबको एक वर्षभित्र बन्द हुने निश्चित छ । सुडानमा पनि त्यहाँको सरकारले राष्ट्रसंघसँग राम्रो सम्बन्ध नहुँदा भिसा प्रक्रियामा समस्या हुँदै आएको छ । 
विगतमा एकैपटक ४ सय सम्म अधिकारीहरु यून अनपोल मिसनमा जाने गर्दथे । अहिले त्यो संख्या करिब एक सयमा झरिसकेको छ । ७० हजार भन्दा ठुलो संगठनमा थोरै मात्र मिसनमा जान पाउने भएकाले प्रहरीको जागिरको आकर्षण पनि घट्दै गएको छ । यही कारण पनि कतिपयले राजिनामा दिन थालेको विश्लेषण छ । 
यही बेला राष्ट्रसंघले नेपाललाई दिने भनेको दुईवटा एफपीयू मिसन पनि गुमेको छ । राष्ट्रसंघले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई नयाँ मिसन दिने र त्यसका लागि आवश्यक सामान खरिद गर्न निर्देशन दिएको थियो । तर, दुवै संगठनले सामान खरिद गर्न सकेनन् । निरीक्षणका क्रममा आवश्यक सामान खरिद गर्न नसकेको भन्दै राष्ट्रसंघले नेपालको सट्टा अन्य देशलाई नै एफपीयू मिसन दिएको छ । 
बैंकका करोडौं जम्मा गरेर दुवै संगठनका आइजिपीले सामान खरिद गर्न नसक्दा महत्वपूर्ण अवसर गुमेको हो । नेतृत्व यसरी कमजोर हुँदै जाँदा दुवै प्रहरी संगठनमा नैराश्यता बढ्दै गएको छ । यसले राम्रा अफिसरहरुले जागिर छाड्ने र संगठनभित्र भ्रष्टाचार मौलाउने सम्भावना बढेको छ । 

Related News