इलाम समाजको अधिवेशनमा तीन कृति लोकार्पित

काठमाडौं, २४ फागुन । इलाम समाज हङकङको संयोजनमा प्रकाशित तीन कृतिको हङकङमा लोकार्पण गरिएको छ । समाजद्वारा प्रकाशित स्मारिका÷मुखपत्र ‘इलाम’, लेखक तथा पत्रकार सचित राईद्वारा लिखित खोजमूलक कृति ‘माङखिम’ र स्व. डिल्लीराम बाङदेलद्वारा लिखित काव्य कृति ‘म फूल हुँ’को लोकार्पण गरिएको हो । 

संस्थाकी उपाध्यक्ष दीपा एवाई राईका अनुसार हङकङको जोडनस्थित ‘नयाँ पेज’को कार्यालयमा समाजको पाँचौं अधिवेशन तथा पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको थियो । समाजका सल्लाहकार शरण सुब्बाले ‘इलाम’, साब्लाबुङ’ पत्रिकाका प्रकाशक÷सम्पादक एवं नेपाली लेखक संघका वैदेशिक उपाध्यक्ष राजकुमार राईले ‘माङखिम’माथि समीक्षा गरेका थिए ।

कार्यक्रममा फियोना हङकङका अध्यक्ष हीरामान राई, क्रिटिक्स सोसाइटी हङकङका संयोजक हेमकुमार लावती, किरात राई यायोक्खाका कुलपति शशीमदन राई, झापा मञ्च हङकङका अध्यक्ष छत्र सुब्बा, ‘माङखिम’ प्रकाशक प्रताप कोयू राईलगायतको उपस्थिति थियो ।

समाजको अधिवेशनले बसन्त राई (विपिन)कै अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा पनि दीपा एवाई नै चयन भएकी छन् । त्यस्तै, सचिवमा सुरेश वनेम, सहसचिव राजेन्द्र राई, कोषाध्यक्ष प्रकाश मुखिया, सहकोषाध्यक्ष विनोद राई अनि सदस्यहरूमा सविता राई, तारा राई, योगिता गुरुङ, शरण सुब्बालगायत चयन भएको समाजले जनाएको छ । सन् २००१ मा स्थापित यस संस्थाले हङकङमा रहेका इलामेलाई एकीकृत गर्दै गृहजिल्लाका सामाजिक÷सांस्कृतिक गतिविधिमा साथ दिँदै आएको छ ।  

Related News