​दार्चुलामा नेपाल इन्भेष्टमेण्ट बैंकको शाखा विस्तार

दृष्टि न्यूज

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले सुदूरपश्चिम जिल्ला दार्चुलामा शाखा विस्तार गरेको छ । प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा आफ्नो ७८औं शाखा विस्तार गरेको हो । 
सदरमुकामबाट १९ किलोमिटरको दूरीमा रहेको अतिविकट क्षेत्र दुहु गाविसमा ११ हजार जनसंख्या बसोबास गर्छन् । तिङ्कार सडकखण्ड अन्तर्गत दुहुका स्थानीयको मुख्य पेशा जडीबुटी हो । बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले प्रदेशअनुसार वित्तीय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको छ । इन्भेष्टमेण्ट बैंक विपन्न वर्ग कर्जातर्फ प्रत्यक्ष २५ हजार व्यक्तिलाई रु ४ अर्ब ११ करोड लगानी गर्ने एक मात्र रहेको छ । 
नौ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको १०७ वटा एटिएम पुगेको छ । बैंकको संजालमा भिसा तथा एनपिएन सदस्य बैंकका एक हजार बढी एटिएम रहेका छन् भने ३ हजार बढी पस (प्वाइन्ट अफ सेल) टर्मिनल जडान भइसकेका छन् । बैंकको ८ वटा एक्स्टेन्सन काउन्टर, ४९ वटा शाखारहित बैंकिङ सुविधा तथा नौ वटा राजश्व संकलन केन्द्र छन् ।

Related News