भारतमा हजार र पाँच सयका नोट प्रतिबन्धित

काठमाडौ, २४ कात्तिक । भारतले जाली नोटको कारोबारलाई निरुत्साहित गर्न मंगलबार राति १२ बजेबाट हजार र पाँच सयको नोटलाई बजारमा चलाउन पूर्णरूपमा रोक लगाउने निर्णय गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रका नाममा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्री मोदीका अनुसार सर्वसाधारणले नोभेम्बर १० देखि डिसेम्बर ३० सम्ममा हजार र पाँच सयका नोट बैंक वा हुलाक कार्यालयमा गएर साटिसक्नुपर्ने छ । सरकारले पाँच सय र दुई हजारका नयाँ नोट छिट्टै जारी गर्ने पनि जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ ।

Related News