​इन्सपेक्टर भर्नामा नयाँ प्रणाली, अदालतमा मुद्दा दायर

दृष्टि न्यूज

काठमाडौं, ८ माघ।
भर्नामा नेपाल प्रहरीले नयाँ प्रणाली अवलम्बन गरेहेका छ। शारीरिक तन्दुरुस्ती परिक्षा र लिखित परिक्षाको नतिजा अब एकै पटक सार्वजनिक हुने भएको छ। जून सिष्टम विवादमा परेको छ।

विगतमा शारीरिक तन्दुरुस्ती परिक्षामा उत्तिर्ण भएकालाई मात्र लिखित परिक्षामा सहभागी गराइन्थ्यो। यसपटकको इन्सपेक्टरको परिक्षामा एकैपटक दुवै परिक्षाको नजिता सार्वजनिक गरिएको छ। 

नयाँ प्रणालीविरुद्ध केहीले अदालतमा रिट दायर गरेका छन्। प्रहरी नियमावलीविपरीत नजिता प्रकाशन गरेको भन्दै त्यसविरुद्ध केही उम्मेदवारहरुले सर्वाेच्चमा रिट दायर गरेका हुन्। जसमा सर्वाेच्चले लोक सेवा आयोग र प्रहरी प्रधान कार्यालयलाई कारण देखाउन आदेश जारी गरेको छ। 
प्रहरी प्रधान कार्यालयले गत माघ २२ गते इन्सपेक्टरको शारीरिक तन्दुरुस्ती र लिखित परिक्षाको नजिता सार्वजनिक गरेको थियो। 
लोक सेवा आयोगको सामान्य सिद्धान्तअनुसार दुवै परिक्षाको नतिजा यसपटकदेखि एकैपटक प्रकाशन सुरु गरिएको प्रहरीको मानवस्रोत विकास विभागका एआईजी हेमन्त पालले बताए। 

Related News