​बिमा अब जीवनशैली बन्नेछ– विजयबहादुर शाह, सिईओ, नेपाल इन्स्योरेन्स कम्पनी

दृष्टि न्यूज

बिमा क्षेत्रमा सुपरिचित नाम हो बिजयबहादुर शाह । लामो समय एनएलजी इन्स्योरेन्समा सिइओका रुपमा काम गरेर पहिचान बनाएका उनी हाल नेपाल इन्स्योरेन्स कम्पनीको सिइओका रुपमा काम गरिरहेका छन् । 
नेपाल इन्स्योरेन्स कम्पनीको बिमा क्षेत्रमा पहिलो कम्पनीका रुपमा छुट्ट्रै सान छ । २००४ सालमा नेपाल बैंकको अगुवाइमा यो कम्पनीको स्थापना भएको हो । त्यही कम्पनीलाई नयाँ उचाइमा पु¥याउने प्रणसहित  शाहले केही महिनायता कम्पनीको व्यवस्थापिकय नेतृत्व सम्हाल्दै आएका छन् । 
पूर्वजहरुले स्थापना गरेको कम्पनीको तला थप्ने जिम्मेवारी आफ्नो भएको उनको भनाई छ । कम्पनीको तला थपेर उचाइ दिने प्रक्रिया अघि बढिसकेको उनले बताए ।  
जसरी पहिलो कम्पनीका रुपमा कम्पनीको इज्जत छ, त्यसैगरी अन्य क्षेत्रमा पनि पहिलो बनाउने उनको योजना छ ।  कम्पनीलाई उत्कृष्ट कम्पनी पनि बनाउने योजनाअुनसार ‘जेष्ठ पनि श्रेष्ठ पनि’ भन्ने नाराका साथ नेपाल इन्स्योरेन्स कम्पनी अघि बढीएको शाह बताउँछन् । ‘यो जेष्ठ कम्पनीको अन्य पाटाहरु पनि उत्कृष्ट बनाउनुपर्छ भनेर हामी लागेका छौं,’ उनले भने, ‘कम्पनीलाई नयाँ उचाइमा पु¥याउन हामी काम गरिरहेका छौं । कम्पनीलाई छिट्टै फरक कोटीमा उभ्याउने छौं ।’  
नेपालमा अहिले पनि धेरैलाई बीमाको महत्वबारे थाहा छैन । २००४ सालमा कस्तो अवस्था थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ । त्यो बेला नेपाल इन्योरेन्स कम्पनी स्थापना भएको थियो । जुन कम्पनीको लागि गर्वको विषय भएको शाह बताउँछन् । 
 कम्पनी नाफा कमाउन भन्दा पनि धेरैलाई सेवा दिन केन्द्रीत भएका छन् शाह । पछिल्लो समय नेपाल इन्योरेन्सको ग्राहकको संख्या ५० हजारबाट एक लाख पुगेको उनले बताए । शाखा विस्तार गर्ने,सस्थाको सम्पतिको अधिकतम सदुपयोग गर्ने र कर्मचारीको सीप पनि बढाएर सेवालाई सशक्त बनाउने  योजना अघि बढिसकेको छ ।
नेपालमा बिमा जीवनशैली बनेको हेर्ने उनको चाहना छ । ‘कुनै समय बाइक चलाउदा हेलमेट केहीले मात्र लगाउँथे, अहिले अनिवार्य भएको छ,’ शाह भन्छन्,‘अहिले केहीले मात्र बिमा गराउँछन्, बिमाको महत्व बुझेपछि बाइक चलाउँदा अनिवार्य हेलमेल लगाएजस्तै बिमा पनि जीवनशैली बन्ने छ ।’ 
बिमालाई बोझका रुपमा लिने सोच परिवर्तनको आवश्यकता रहेको उनी बताउँछन् । यसका लागि बिमा क्षेत्रमा लागेका सबै व्यक्तिहरु एकजुट भएर लाग्नुपर्ने उनको भनाई छ । 
बिमा क्षेत्रमा एकैपटक नयाँ कम्पनीहरु आएका छन् । जसले बजारलाई थप प्रतिस्पर्धी बनाएको छ । प्रतिस्पर्धाका नाममा विकृती प्रवेश गर्न नहुने उनी बताउँछन् । ‘म बिकृती भित्रनुहुन्न भनेर जोडदार आवाज राख्ने मान्छे हुँ,’ उनी भन्छन्, ‘अस्वस्थ प्रतिस्पर्धा भन्दा सेवामा केन्द्रीत हुनुपर्छ ।’  जिन्दगीको ‘टर्निङ प्वाइन्ट’
आइकम उत्तिर्ण गरेपछि उनीसँग दुई विकल्प आए । एउटा चार्टड अकाउन्टेन्ट पढ्ने र अर्काे लोकसेवा आयोग भिड्ने । चार्टड एकाउन्टेन्सीमा रुचि भएका साथीले उनलाई सिए पढ्न नै जोड दिइरहेका थिए । उनको सुझाव थियो,‘सिए पढ्यौ भने तिमीले फष्ट क्लास अफिसरको रुपमा जागिर पाउछौं, लोक सेवा आयोग लड्यौ भन्ने थर्ड क्लास अफिसर हुन्छौं, फस्ट क्लास हुन १० वर्ष लाग्छ ।’ 
साथीकै सुझावअनुसार उनलाई सिए पढ्न नै मन लाग्यो । त्यहीअनुसार भारत पुगे । भारतबाट फर्किएपछि जागिरको क्रममा इन्स्योरेन्स कम्पनी पुगे । त्यहीबाट उनको पहिचान बिमासँग जोडियो । 
जीवनमा कहिल्यै योजना बनाएर आफू अघि नबढेको शाह बताउँछन् । ‘पहिल्यैदेखि पढ्नुपर्छ र मेहनत गर्नुपर्छ भन्ने थियो, त्यही अनुसार यहाँसम आइपुगेको हुँ ।’ 
आफ्नो सफलतामा उनी खुशी छन् । उनी नेपाल बिमक संघको अध्यक्ष पनि भए । अहिले ऐतिहासिक कम्पनीलाई नयाँ उचाईमा अघि बढाउन पाएकोमा उनी खुशी छन् । 
सधैं ‘कुल’ स्वभावका शाहको सिनेमामा निकै रुची छ । प्राय हरेक हप्ता उनी सिनेमा हल पुग्छन् । पुस्तकमा पनि उनको रुची छ । कर्पाेरेट दौडधुपमा जीवन व्यस्त भएकाले अहिले आफूले पुराना साथीहरुसँग भेट्ने र गफ गर्न थालेको उनले बताए । फुसर्दको समयमा पनि उनी कम्पनीको बारेमा योनजाहरु बनाउने गरेको उनी बताउँछन् । 

Related News