जोखिममा आधारित सुपरीवेक्षणको सुरुवात गरेका छौं-डा.चिरञ्जिवी नेपाल, गर्भनर

नया“ मौद्रिक नीतिको असर बैंकिङ क्षेत्रमा कस्तो देखिएको छ ?
    नया“ मौद्रिक नीतिलाई बैकिङ क्षेत्रले स्वागत गरेको स्थिति छ । नया“ मौद्रिक नीतिले ल्याएको व्याजदर कोरिडरले बैकिङ क्षेत्रको तरलता व्यवस्थापन सहयोग पुगेकोले अल्पकालीन व्याजदरमा सुधार भएको अवस्था छ भने मौद्रिक नीतिमा उल्लेखित वित्तीय क्षेत्र सम्बन्धी नीतिले वित्तीय क्षेत्रको स्थिरता एवम् उत्पादनशील कर्जा प्रवाह बढ्ने अवस्था देखिएको छ । अन्य व्यवस्थाहरुले पनि बैंकिङ क्षेत्रमा सकारात्मक असर पार्ने अपेक्षा गरिएको छ ।

भूकम्प र नाकाबन्दीको बाबजुद पनि गत वर्ष बैंकहरुको नाफा उच्च देखियो, यसलाई कसरी हेर्नुभएको छ ?
    भूकम्प र नाकाबन्दीको बीचमा पनि बैकिङ क्षेत्रले गरेको नाफाले यो क्षेत्र संकट व्योर्होन सक्षम रहेको भन्ने देखिएको छ । हुन त, राष्ट्र बैंकले भूकम्प र नाकाबन्दीले प्रभावित ऋणीहरुको लागि लिइएका नीतिगत व्यवस्थाले पनि बैंकहरुलाई केही राहत दिएको देखिन्छ । बैकिङ क्षेत्रमा उच्च नाफा देखिनुमा भूकम्प प्रभावित क्षेत्रका बैंकहरुको ऋण लगानी न्यून हुनु, व्यापारिक कर्जाको हिस्सा उच्च हुनु जसले गर्दा नाकाबन्दी खुलेपछि बैंकको ऋण प्रवाहमा सुधार हुनु, घरजग्गा र सेयर बजार बढेकोले बैंकको ऋण असुली सुदृढ हुनु आदि कारण रहेको देखिन्छ । 
   
बैंकहरु अलि बढी नाफामुखी भए, ग्राहकस“ग सेवाशूल्क अलि बढी लिएका हुन् कि ?
    ग्राहकस“ग लिने सेवा शुल्क पनि नियमनको दायराभित्र रहेकोले बढी लिएको भन्न मिल्छ जस्तो लाग्दैन । अर्कोतिर बजारमा प्रतिष्पर्धा पनि छ । यसले गर्दा भन्दा माथि भनिए झै अन्य कारणहरु, खासगरी सुरक्षित कर्जा प्रवाह र कर्जा असूली गरिएको तदारुकताले गर्दा नाफा बुक गर्न सकेका हुन जस्तो लाग्छ । बैंकबाट प्रभावित कर्जा र यसको व्याज असुलीमा भूकम्प र नाकाबन्दीले ठूलो असर नगरेकोले बैंकहरुले नाफा गर्न सकेको जस्तो लाग्छ ।

मर्जरमा कतिपय बैंकहरुबीच समस्या पनि देखिएको छ, मर्जरको अवस्था कस्तो छ ?
मर्जरको प्रक्रिया उत्साजनक रुपमा बढेको छ । केही बैंकहरुमा मर्जर पछि कमी कमजोरी रहेको  देखिन्छ । तसर्थ, हामीले मर्जर र प्राप्ती सम्बन्धी नया“ विनियमावली भर्खरै जारी गरेका छौं । तापनि अहिलेसम्मको मर्जरको अवस्था सन्तोषजनक नै मान्नु पर्छ । २०७३ असार मसान्तसम्ममा १०८ वटा बैंक तथा वित्तीय संस्थाहरू एक आपसमा मर्ज भई ४३ वटा संस्था बनेका छन् । त्यसैगरी, दुई वाणिज्य बैंकले चार वटा वित्त कम्पनीहरू र एक विकास बैंकले अर्को एक विकास बैंक प्राप्ति गरेका छन् ।

नया“ पु“जी योजनाले फाइनान्स कम्पनी र विकास बैंकको त अस्तित्व नरहने देखियो ?
    अहिले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी बीचको कामको प्रकृतिमा सर्वसाधारणको लागि खासै भिन्नता रहेको देखि“दैन । तसर्थ, अहिले कुन संस्थाभन्दा पनि सर्वसाधारणमा बैकिङ पहु“च महत्वपूर्ण रहेको छ, किनभने वित्तीय पहु“चको स्थिति नेपालमा अझै कमजोर रहेको छ । अर्कोतर्फ सक्षम वित्तीय संस्थाको लागि सुदृढ पु“जीको आवश्यक पर्दछ । अन्यथा कुनै पनि बेला समस्यामा पर्न सक्छन् । तसर्थ, अर्थतन्त्रमा बलिया वित्तीय संस्थाहरु हुन् भन्ने अभिप्रायले नै चुक्ता पु“जी वृद्धि गर्न लगाइएको छ ।

विगतका वर्षका धेरै बैंक सञ्चालकहरु कारवाहीमा परे, अहिले बैकिङ सुशासनको अवस्था कस्तो छ, सुपरीवेक्षणको अवस्था कस्तो छ ?
    वित्तीय उदारीकरणमा बैकिङ क्षेत्रको उत्साहजनक रुपमा विस्तार भयो । तर केही व्यक्तिहरुले यसलाई व्यवसायिक ढंगले सञ्चालन नगरी बदमासी गरे । सर्वसाधारणहरुको निक्षेप दुरुपयोग गरेकोले धेरै जना कारवाहीमा परे भने अझै केही फरार छन् । अहिले बैकिङ क्षेत्रको सुशासनमा धेरै सुधार भएको छ, तर यसतर्फ नेपाल राष्ट्र बैंक चनाखो भइरहनु भने पर्दछ । बैकिङ कसूरहरु कम गरी यसक्षेत्रको सुदृढीकरणका लागि भर्खरै व्यवस्थापिका संसदबाट पारित भएका संशोधित नेपाल राष्ट्र बैंक ऐन र बैकिङ कसूर तथा सजाय ऐन लागू भएपछि बैकिङ सुशासन अझ बढी कायम हुने देखिन्छ । जहा“सम्म सुपरीवेक्षणको अवस्था छ, नेपाल राष्ट्र बैंकले यसतर्फ सुधार गर्दै लगेको छ । अव जोखिममा आधारित सुपरिवेक्षणको सुरुवात गरिएको छ ।

 शेयर बजारको उतारचढावलाई कसरी हेरिरहनु भएको छ ?
सेयर बजारमा उतारचढाव आउनु अनौठो होइन, यो सेयर बजारको सामान्य प्रवृत्ति नै हो । अहिले बैकिङ क्षेत्रमा तरलताको स्थिति, अन्य क्षेत्रमा लगानीको वातावरण बनी नसकेको स्थिति, र बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पु“जी वृद्धि गर्ने नीतिक“ कारण सेयर बजारका केही उछाल आएको हो । सेयर बजारका लगानीकर्ताहरुको प्रवृत्ति र प्रकृति, वर्तमान आर्थिक अवस्था, लगानीकर्ताहरुले आकंलन गर्ने सेयर बजारको सम्भावित भावि स्थिति आदिले सेयर बजारमा उतार चढाव आइरहने गर्दछ ।


 बैंकहरुमा अझै तरलता देखिन्छ नि ?
    बैकहरुको अधिक तरलतामा धेरै सुधार भएको अवस्था छ । अल्पकालीन व्याजदरहरु २ प्रतिशतभन्दा माथि पुगेको अवस्था छ । विप्रेषण आप्रवाहको वृद्धिदरमा कमी आइरहेको स्थिति कायम रहेमा बंैकहरुको अधिक तरलतामा अझ कम आउने देखिन्छ । साथै, अर्थतन्त्रमा लगानी बढ्ने र सरकारको पु“जीगत खर्च बढ्ने हो भने अधिक तरलताको समस्या देखि“दैन ।
 
 बैैंकहरु अझै ग्रामीण क्षेत्र जान डराइरहेका हुन् ?
    ग्रामीण क्षेत्रमा पर्याप्त व्यवसाय नभई नाफा नहुने डरले बैंकहरु ग्रामीण क्षेत्रतर्फ जान हिच्किचाइरहेका हुन् । ती क्षेत्रमा आर्थिक गतिविधि बढ्दै जाने हो भने सहर केन्द्रित बैंकहरु ग्रामीण क्षेत्रतर्फ जान उत्साहित हुने देखिन्छ । बैंकहरु पर्याप्त नगएर ग्रामीण क्षेत्रमा कम वित्तीय पह“ुच रहेको स्थितिलाई मध्यनजर राखेर नै वित्तीय पहु“ज कम भएका क्षेत्रमा वित्तीय पहु“च पु¥याउन सहुलियत सहितका नीतिगत व्यवस्था गरिएको छ । फलस्वरुप, लघुवित्त वित्तीय संस्थाहरुको विस्तार तीब्रदरमा भएको छ भने सहर उन्मुख ग्रामीण क्षेत्रमा अन्य बैंक तथा वित्तीय संस्थाहरु जाने क्रम पनि बढ्दो छ ।
 

Related News