​वातावरण बचाउन ज्ञापनपत्र

दृष्टि न्यूज

धरान । धरानको वातावरण तथा जलधार क्षेत्रको सरक्षण गर्न वातावरण तथा पर्यटन विकाश केन्द्र (सेड नेपाल) ले आइतबार धरान उपमहानगरपालिकाका कावा नगरप्रमुखसमक्ष ३ वँुदे  ज्ञापनपत्र बुझाएको छ । 
ज्ञापनपत्रमा चारकोशे जंगलभित्र फालिने फोहरमैलामा आगो लगाएर नगरलाई प्रदूषण गर्नुको साथै जगलको जीवजन्तु वनस्पतीमा नराम्रो असर पुगेको हुनाले त्यस क्षेत्रमा आगो लगाउने र सडकको किनारमा मरेका जीवजन्तु तथा फोहरमैला फाल्ने कार्य तुरुन्त रोक्नुपर्ने माग गरिएको छ । यसैगरी धरानको पानीको स्रोत सर्दु जलाधार क्षेत्रलाई दीर्घकालीन संरक्षण गर्नका लागि धरान एकीकृत जलाधार क्षेत्र संरक्षण समिति गठन गरी कार्य अघि बढाउन माग राखिएको छ । त्यसैगरी धरानका  जलाधार क्षेत्रको शिरान र वरिपरिका वडाहरुले डोजर लगाएर जथाभावी सडक निर्माण गरी त्यहाँको बोटबिरुवा मास्ने  र जलधारका कुवा पुरिने, जीवजन्तुको बासस्थानमा गम्भीर असर पर्न थालेको हुनाले अब उप्रान्त त्यस क्षेत्रमा कुनै पनि भौतिक निर्माण तथा सडक निर्माण गर्नु पर्दा अनिवार्यरुपले वातावरण प्रभाव मूल्यांकन गरी काम गर्न गराउन अनुरोध गरिएको छ । 
यसअघि २०७५ साल वैशाख १५ गते पनि सेड नेपालले तत्कालीन नगरप्रमुख तारा सुब्बासमक्ष यिनै मागहरु राखी ज्ञापनपत्र दिएको स्मरण गराउँदै सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले अब पनि यस विषयमा उपमहानगरपालिकाले ठोस कदम नचालेमा वातारण बचाऔँ भद्र आन्दोलन गर्ने चेतावनी पनि दिएका थिए । 
ज्ञापनपत्र दिन गएको सो टोलीलाई सम्बोधन गर्दै कावा नगरप्रमुख भण्डारीले सबै माग जायज भएको र जंगलभित्र आगो लगाउने काम भोलिदेखि नै बन्द गराउन २ जना  चौकीदारहरुको व्यवस्था भइसकेको र जलाधार क्षेत्रको संरक्षणमा उपमहानगरपालिका गम्भीर रहेको बताएकी थिइन् ।  
यसैगरी धरानको भानुचोकस्थित सार्वजनिक शौचालयको अव्यवस्था, भानुचोकदेखि छाताचोकसम्म राखिएका फूलका गमला व्यवस्थित गराउन पनि टोली सदस्यहरुले ध्यानकर्षण गराएको  थियो । 
ज्ञापनपत्र बुझाउन सेड नेपालका सदस्य दीपक थापा, लक्ष्मी प्रधान, निर्मला सिवाकोटी, चन्द नेपाल, इञ्जिनीयर महेश प्रधानको  सहभागिता रहेको थियो ।    

Related News