​वातावरण सुधार समितिलाई सिद्धार्थको सहयोग

दृष्टि न्यूज

काठमाडौं । सिद्धार्थ बैंकले ललितपुर महानगरपालिका वडा नं. १५ को वातावरण सुधार समितिलाई वृक्षरोपण कार्यका लागि आर्थिक सहयोग गरेको छ । बैंकले समितिलाई दुई लाख ७५ हजार रुपैयाँ सहयोग गरेको हो । 
बैंकका निर्देशक वीरेन्द्रकुमार शाहले वतावरण सुधार समिति ललितपुरलाई चेक हस्तान्तरण गरेका थिए । सातदोबाटो—गोदावरी सडकको छेउछाउमा लगभग ५० बिरुवा रोपी उक्त क्षेत्रको वरिपरि हरियाली ल्याउन र पर्यावरण व्यवस्थित बनाउनको लागि यो अभियानलाई समर्थन गर्दै बैंकले वित्तीय सहायता प्रदान गरेको जनाएको छ । सिद्धार्थ बैंकले देशभर ३ एक्सटेन्सन काउन्टरसहित १ सय २६ शाखा, ९९ शाखारहित बैंकिङ, १ सय ३१ एटिएम र १ हजारभन्दा बढी पिओएस मेसिनमार्फत सेवा दिँदै आएको जनाएको छ । 

Related News