​इरानमा सार्वजनिक ठाउँमा विश्वकप हेर्न प्रतिवन्ध

दृष्टि न्यूज

तेहरान, (एएफपी) । इरानमा विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको छ । 
रुसको मस्कोमा विश्वकपको उद्घाटन समारोह र अन्य खेलहरू हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा बनाइएका कार्यक्रम स्थगित गरिएको छ । 
मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो । 
देशभरीका खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका विपक्षमा राज्य उभिएको जनाइएको छ । 
तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए । 
तर एउटा खेल सम्बन्धी अनलाईन खवर भर्जेसीमा लेखिएअनुसार त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ । कार्यक्रम स्थगित गर्नुको कुनै कारण उल्लेख गरिएको छैन ।

Related News