भूकम्पले ध्वस्त क्षेत्रमा आपतकाल घोषणा

काठमाडौं, १० भदौ । इटाली सरकारले बुधबारको शक्तिशाली भूकम्पले ध्वस्त भएका क्षेत्रमा आपतकालीन अवस्थाको घोषणा छ । भूकम्पमा बाँचेकाहरु भेटिने आसामा यस्तो कदम चालेको जनाइएको छ । प्रधानमन्त्री माटेओ रेन्जीले पुनर्निर्माणका लागि स्थानीय मुद्रा ५० मिलियनको कोष खडा गर्ने प्रतिबद्धता जनाएका छन् । भूकम्पमा परी अहिलेसम्म कम्तीमा २५० जनाको मृत्यु र ३६५ जना घाइते भएका छन् । सयौं परकम्पका कारण उद्धार प्रयासमा समस्या पारेको सञ्चारमाध्यमले जनाएका छन् । 

Related News